काठमाडौं– चन्द्रागिरी नगरपालिका–१४ नैकाप बाइछापस्थित सडकको किनारामा पार्किङ गरी राखेका सवारी साधनमा तोडफोड तथा एक जना महिलालाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने सुनसरी घर भएका २६ वर्षीय जस राज लिम्बु, सिन्धुली मनबा घर भएका १८ वर्षीय किशोर, धादिङ निलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय प्रबिन झेडी र काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने १९ वर्षीय सबिन चापागाई रहेका छन्।
उनीहरुले महिलालाई विभिन्न अपशब्दहरु प्रयोग गर्दै हातपात गरी घाइते बनाउनुका साथै पार्किङ गरी राखेका बा ८ च ५२६८, प्रदेश ३–०१–०२२ च ०८४३ नम्बरको गाडी र बा २ ज १९६५ नम्बरको ट्याक्सीमा तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। तोडफोडबाट ३ वटै सवारी साधनका शिशा फुटेर क्षति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।