काठमाडौं– प्रहरी कर्मचारी हुँ भन्दै धाकधम्की दिई रकम असुल्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर नयाँ ठिमी बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका–३ दामनाङटार घर भएका ३२ वर्षीय कुल बहादुर बस्नेत छन्।
काठमाडौं महानगरपालिका–१ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
बस्नेतसहित ४ जनाले प्रहरी हुँ भन्दै उक्त प्रालिमा गिट्टी बालुवा झारेको पैसा माग्दै धाकधम्की दिई हुलहुज्जत समेत गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।