बरामद सुनका गहना र नगद।
काठमाडौं–कपिलवस्तुको मायादेवी गाउँपालिका–७ वनकसियाबाट ४२ लाख मूल्य बराबरका सुनका गहनासहित २ जना पक्राउ परेका छन्। ५ सय ग्रामको १० थान सुनका बाला, १६ ग्रामको १ थान सिक्री, ३५ लालको १ थान औंठी र नगद ८ हजार ९ सय २५ रुपैयाँ सहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो।
बरामद सुनको बजार मूल्य ४२ लाख ३ हजार ९६ रुपैयाँ रहेको छ।
पक्राउ पर्नेहरुमा मायादेवी गाउँपालिका–४ बस्ने ३२ वर्षीय पवनकुमार गुप्ता र सोही ठाउँ बस्ने १६ वर्षीया किशोरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको लु ५६ प ६३१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त सुनसहित फेला पारी मोटरसाइकल चालक गुप्ता र मोटरसाइकलमा सवार किशोरीलाई पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।