इलाम- इलामको ठूलो टुँडिखेलमा सञ्चालन भएको माइभ्याली गोल्डकप फुटबलको उपाधि रुस्लान थ्री स्टारले जितेको छ। आज सम्पन्न फाइनल खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीलाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि चुमेको हो।
निर्धारित ९० मिनेटको खेलमा कुनै टोलीले गोल गर्न नसकेपछि १५ मिनेट समय थप गरिएको थियो। सो अतिरिक्त समयमा सुनिल बलले निर्णायक गोल गरेपछि २०७५ सालमा थ्री स्टारले पहिलो उपाधि जित्न सफल भएको हो।
च्याम्पियन बनेको थ्री स्टारले ६ लाख ६६ हजार ६ सय नगदसिहत ट्रफी हात पारेको छ। उपविजेता मनाङ मर्स्याङ्दीले रु ४ लाखमा चित्त बुझाउनुपर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।