काठमाडौं–बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लागतार दोस्रो जित निकालेको छ। बिहीबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
१० खेलाडीमा झरेको बार्सिलोनाको जितमा अंसु फाती र सेर्गी रोबर्टोले गोल गरे। बार्सिलोनाले एक गोल भने सेल्टाले आत्मघाती गोल गरेपछि एक गोल भने उपहारस्वरुप पाएको थियो। खेलको ११औं मिनेटमा फिलिपे काउटिन्होको एसिस्टमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। तर खेलको ४२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा झरेको थियो।
पहिलो हाफमा १–० गोलको अग्रता लिएको बार्सिलोनाले खेलको ५१औं मिनेटमा अग्रतालाई दोब्बर पार्याे।सेल्टाका लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले २–० गोलको अग्रता लिएको थियो। खेलको अन्तिम समयमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको सहज जित दिलाए।
यसअघि स्पेनिस ला लिगा फुटबलमा भएको आफ्नो पहिलो खेलमा बार्सिलोनाले भिल्लारियललाई ४–० गोलको फराकिलो जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।