काठमाडौं-डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा रियल मड्रिडले रियल भालाडोलिडलाई १–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम रियल मड्रिडको जितमा भिनिसियस जुनियरले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको रियल भालाडोलिडले दोस्रो हाफमा भने गोल खान पुग्यो। खेलको ६५औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाए। खेल अवधिभर आफ्नो नियन्त्रणमा बल राखेको रियल मड्रिडले बाँकी समयमा पनि अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
रियल मड्रिडको यो जारी लिगमा दोस्रो जित हो। पहिलो खेलमा रियल सोसाइडेडसँग गोलरहित बराबरी खेलेको रियल मड्रिडले दोस्रो खेलमा भने रियल बेटिसलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो।
बुधबार राति नै भएका अन्य खेलमा हुस्का र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दा भिल्लारियलले अलभेसलाई ३–१ गोलअन्तरले पराजित गरेको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।