• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान

64x64
नेपाल लाइभ बिहीबार, असोज १५, २०७७  ०७:०३
1140x725

चितवन–चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ। देशभर प्रकोपको रुपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन्। उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा संकलन गरिरहेका छन्। विभिन्न तरिकाले अनुसन्धान र परीक्षण सञ्चालन गरिरहेको अनुसन्धान कार्यक्रमले फौजीकीराको अण्डा संकलन गरेको जनाएको छ।

विगतका वर्षहरुमा नेपाल भित्रिएको अमेरिकन फौजीकीराले देशभर मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ। अण्डा संकलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने भएकाले संकलन गरेको अनुसन्धान कार्यक्रमका वैज्ञानिक घनश्याम भण्डारीले बताए। अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ। यसले पातको तल्लो भागमा अण्डा पार्छ। कहिलेकाही माथिल्लो भागमा पनि यसले अण्डा पार्छ। यसले एउटा मकैको पातमा १५० देखि २०० अण्डा पार्छ। १५ देखि २१ दिनको जीवन अवधिमा यसले १ हजार ५०० देखि २ हजार अण्डा पार्ने भण्डारीले जानकारी दिए। ‘अण्डा सङ्कलनगरियो भने यसको संख्यामा निकै कम गर्न सकिन्छ’ उनले भने, ‘यसले क्षति कम हुनुका साथै रासायनिक विषादी प्रयोगमा न्यूनिकरण गर्न सकिन्छ।’ अण्डा संकलन आइपिएम विधि भएको उनले बताए। 

अण्डा कसरी पहिचान गर्ने?

यो मकैको पातको तल्लो भागमा सेतो धब्बाजस्तो हुन्छ। बाहिरपट्टी कपासजस्तो पत्र देखिन्छ। एउटै ठाउँमा १५० देखि २०० अण्डा हुन्छ। ‘यही अवस्थामा अण्डा पारेको पात चुडेर व्यवस्थापन गरियो भने एउटै पातबाट २०० लार्भा निस्कनबाट जोगाउन सकिन्छ’, उनले भने, ‘मुख्य गरेर सानो बिरुवा जोगाउन सक्यौं भने ठूलो भएपछि बिरुवाले आफैँ लड्ने क्षमता बनाइसकेको हुन्छ।’ 

प्रकोप कसरी थाहा पाउने?

फौजीकीराको लार्भा सुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ। हुर्कँदै जाँदा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ। टाउको गाढा खैरो रंगको हुन्छ। पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ। लार्भाको जीवन १४ देखि २१ दिनको हुने उनले बताए। 

अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने बताउँदै वैज्ञानिक भण्डारीले भने, ‘जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन्। लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ।’ लार्भाले खाँदै गर्दा आलो दिसा हुने जानकारी दिँदै उनले भने, ‘पछि गुभोभित्रसमेत पसेर खाइदिने गरेको छ। गुभो खोलेर हेर्दा लार्भा देखिन्छ। यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ।’ घोगा लागेपछि घोगा र दानासमेत खाएर सखाप पार्ने उनको भनाइ छ।

अनुसन्धान केन्द्रमै फौजीको आक्रमण 

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरमा २०१९ सालमा स्थापना भएको हो ।  कार्यक्रमअन्तर्गत करिब ६५ विगाहा क्षेत्रफलमा बर्सेनी मकैका विभिन्न जातको अनुसन्धान र  विकास हुँदै आइरहेको छ। सुरुमा नवलपरासी पूर्वको गैंडाकोटमा देखिएको फौजीकीरा यतिबेला अनुसन्धान कार्यक्रमका लागि पनि चुनौतीको विषय बनेको छ । अनुसन्धान कार्यक्रमको अनुसन्धान ब्लकमा लगाइएको मकैमा पनि फौजीको प्रकोप देखिएको छ ।

अमेरिकन फौजीकीराले मकैसहित ८० प्रकारका बालीमा क्षति पु¥याउने अनुसन्धानकर्ताको दावी छ। यो किराले मकैको पात, डाँठ, घोगा र बोट नै  सखाप पार्ने गरेको छ। मकै उम्रेदेखि नै आक्रमण शुरु गर्ने फौजी किराले बोट नै सखाप पार्छ भने पाक्न लागेको मकैबालीमा समेत यसले क्षति पु¥याउँछ । अमेरिकी रैथाने फौजी किरा सन् २०१६ मा पश्चिम अफ्रिकामा देखा परेको थियो।

अफ्रिकाको एक ठाउँमा देखिएको फौजी किरा त्यसको दुई वर्षमै पूरा अफ्रिकाभर फैलिएको थियो। वैज्ञानिकहरुले अफ्रिका लगत्तै सन् २०१८ मा यो कीरा एसियामा पहिलो पटक भारतको कर्नाटक राज्यबाट प्रवेश गरेको बताएका छन् । पुतलीको रुप बनेका बेला फैलने यो किरा एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकको दावी छ ।

फौजीकीरा आएको कसरी थाहा पाउने?

Xtrem

Xtrem

बालीमा फौजीकीरा आएको छ कि छैन भन्ने थाहा पाउन किसानले बजारबाट ‘फेरोम्यान ट्रयाप’ (फौजीकीरा पत्ता लगाउने साधन) किनेर लैजाने र बालीमा झुण्ड्याउने हो भने पत्ता लाग्ने भण्डारीले बताए। उनले भने, ‘यदि त्यहाँ फौजी किराको माउ भए फेरोम्यान ट्रयापमा झुण्डिएर मर्छन्। यसले बालिमा फौजी किरा आएको छ कि छैन भन्ने कुराको सूचना दिन्छ।’

उनका अनुसार त्यसबाहेक क्षतिको आधारमा पनि फौजी किराको चेकजाँच गर्न सकिन्छ। यो किरा लाग्यो भने मकैको पात सेतो देखिन्छ। त्यस्तै मकैको गुभोमा किराको आलो दिसा पनि देखिन्छ । मकैको गुभो कोट्याएर हे¥यो भने त्यहाँ किरा भेटिन्छ। त्यो किराको पछाडि भागमा बराबर ४ वटा प्वाल देखियो भने त्यो फौजी किरो हो । 

नियमित अनुगममन जरुरी

मकै लगाएको ८÷१० दिनमै यसले क्षति गर्ने भएकोले खेतबारीको नियमित अनुगमन गर्नुपर्ने विज्ञ बताउँछन्। पातको माथिल्लो भागहरुमा यो किराको पोथीले पारेका अण्डा देख्न सकिन्छ। त्यस्तो देखिएलगत्तै व्यवस्थापनको विधि सुरु शुरु गर्नुपर्छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक डा केशवबाबु कोइरालाले उत्पादन र भण्डारण दुवै अवधिमा विभिन्न कीराले मकैमा क्षति पुर्‍याउने गरेको बताए।  उनले भने, ‘५५ प्रकारका किराले मकैमा क्षति पु¥याउने गरेका छन, त्यसको नियन्त्रणका लागि हामीले अनुसन्धान गरिरहेका छौँ ।’ उनले अनुसन्धानबाट सकरात्मक नतिजाहरु पनि आइरहेको जानकारी दिए। रासस

प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्