कर्णाली- कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत् ९ फरार अभियुक्तलाई फक्राउ गरेको छ।
प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सवारी ज्यान, किर्ते, केही सार्वजनिक अपराध र जबर्जस्ती करणीका एकएक गरी चार तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी ज्यान र ज्यान मार्ने उद्योगको एकएक फरार अभियुक्तलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
त्यस्तै जिप्रका हुम्लाबाट बहुविवाहका एक तथा जिप्रका जाजरकोट र डोल्पाबाट जबर्जस्ती करणीका एकएक फरार अभियुक्त पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले बताए। उनका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै अभियुुक्तलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको छ। अदालतले कारबाहीको फैसला सुनाएपछि फरार रहेका करीब ७० अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।