काठमाडौं– विराटनगर महानगरपालिका–१२ स्थित कलेज रोडबाट करिब ५ ग्राम ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ दरैया बस्ने ६१ वर्षीय रामु मण्डल छन्।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने क्रममा सोमबार पक्राउ गरेको हो । पक्राउ परेका मण्डलमाथि लागूऔषध ऐनअन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।