काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आबद्ध भएका खेलाडी र प्रशिक्षक तथा स्टाफहरुमध्ये १० जनामा कोरोना भाइरस (कोभिड–१९-संक्रमण देखिएको छ।
प्रिमियर लिग फुटबलमा पछिल्लो समय गरिएको परीक्षणमा नयाँ सिजन सुरुभएपछिकै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको हो। प्रिमियर लिगका कूल १ हजार ५ सय ९५ खेलाडी र क्लब स्टाफको सेप्टेम्बर २१ र २७ मा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये १० खेलाडीमा कोरोना देखिएको हो।
प्रिमियर लिगले कोरोना संक्रमितको नाम भने खुलाएको छैन। त्यस्तै, कोरोना देखिएका खेलाडी र स्टाफ १० दिनको आइसोलेसनमा बसिसकेको पनि लिगले जानकारी दिएको छ।
गत साता वेष्टहामका प्रशिक्षक डेविड मोयस, खेलाडी इसा डिओप र जोश कुलनमा कोरोना देखिएको थियो। उनीहरु अहिले पनि सेल्फ आइसोलेसनमा छन्। कोरोना भाइरस महामारीका कारण प्रिमियर लिगको २०२०–०२१ सिजन सेप्टेम्बर १२ देखि सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।