काठमाडौं– नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको छ। पहिलो संशोधन प्रमाणीकरण भएसँगै नेपाल र प्रदेश प्रहरी समायोजनको बाटो खुलेको छ।
अध्यादेश प्रमाणीकरण भएसँगै उपत्यकाका तीन जिल्ला हेर्न गरी गठन भएको महानगरीय प्रहरी अवधारण खारेज हुने भएको छ। अब उपत्यकाका तीन जिल्ला अब संघीय राजधानी प्रदेशको मातहत रहन्छन्।
प्रदेश सरकारले महानगरीय प्रहरी कार्यालय पनि प्रदेशको मातहत रहनुपर्ने माग राखेपछि यसअघि विवाद हुँदै आएको थियो। यो अध्यादेश प्रमाणीकरण भएसँगै यो विवाद पनि समाधान भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।