काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। बार्सिलोनाले भिल्लारियलमाथि ४–० गोलको जित निकालेको हो।
क्याम्प नाउमा आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि फराकिलो जित दर्ता गरेको हो। खेलको बार्सिलोनाको जितमा अंशु फातीले २ गोल गर्दा कप्तान लियोनल मेस्सीले १ गोल गरे। एक गोल भने भिल्लारियलका पाउ टोरेसले आत्मघाती गोल गरेसँगै बार्सिलोनाले उपहारस्वरुप पाएको थियो।
खेलको १५ र १९औं मिनेटमा दुई गोल गर्दै फातीले बार्सिलोनालाई २–० गोलको अग्रता दिलाएका थिए। खेलको ३५औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई ३–० गोलको अग्रता दिलाए। ४५औं मिनेटमा भिल्लारियलले आत्मघाती गोल गर्न पुग्यो। टोरेसले आफ्नै पोष्टमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–० गोलको अग्रता बनाएको थियो। यहि नतिजालाई दोस्रो हाफमा पनि कायमै राख्दै बार्सिलोनाले फराकिलो जित निकालेको हो।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।