काठमाडौं– इटालियन सिरि ए फुटबलमा डिफेन्डिङ च्याम्पियन युभेन्टसले रोमासँग बराबरी खेल्दै अंक बाँडेको छ। युभेन्टसले रोमासँग २–२ गोलको बराबरी खेलेको हो।
 १० खेलाडीमा सीमित युभेन्टसले रोमालाई बराबरीमा रोक्दा दुबै गोल क्रिष्टियानो रोनाल्डोले गरे। यता, रोमाका लागि पनि दुवै गोल जोर्डन भेरेटउटले गरे। खेलको ३१औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै जोर्डनले रोमालाई अग्रता दिलाएका थिए। तर खेलको ४४औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट नै गोल गर्दै युभेन्टसलाई १–१ गोलको बराबरीमा ल्याए। रोमाका लोरेन्जो पेलेग्रिनीले ह्यान्ड गरेपछि युभेन्टसले पेनाल्टी पाएको थियो। 
पहिलो हाफको अन्तिम समयमा जोर्डनले नै अर्को गोल गर्दै रोमालाई २–१ गोलको अग्रता दिलाए। पहिलो हाफसम्म २–१ गोलले पछि परेको युभेन्टस खेलको ६२औं मिनेटमा १० खेलाडीमा सीमित भयो। दोहोरो पहेलो कार्ड खाँदै खेलको एन्ड्रियन रविट मैदानबाट बाहिरिए।
खेलको ६९औं मिनेटमा रोनाल्डोले नै अर्को गोल गर्दै युभेन्टसलाई २–२ गोलको बराबरीमा पुर्याए। बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि बराबरी खेल्दै १–१ अंक बाँडेका हुन्।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।