एजेन्सी- स्टार स्ट्राइकर लियोनल मेसीको ह्याट्रिकसँगै बार्सिलोनाले यो सिजनको ला लिगा उपाधि जितेको छ। आइतबार रातिको खेलमा बार्सिलोनाले डिर्पाटिभो ला कोरुना टिममाथि ४-२ ले हराउँदै खेलमा र उपाधिमा जित हात पारेको हो। यो जितसँगै बार्साले ४ खेल अगावै ला लिगाको उपाधिमाथि कब्जा जमाएको हो। बार्सिलोनाको यो २५औं ला लिगा उपाधि हो।
गए रातिको खेलमा मेसीले ह्याट्रिक गरेका थिए। ८० मिनेटको खेलसम्म दुवै टिम २ -२ को अवस्थामा थिए। अन्तिम १० मिनेटमा मेसीले २ गोल थप्दै टिमको विजय र उपाधि निश्चित गरेका हुन्।
लिगका ३८ मध्ये ३४ खेल खेलेको बार्सिलोनको ८६ अंक छ। निकटत प्रतिस्पर्धी एटलेटिको मर्डिडको ७५ तथा रियल मर्डिडको ७१ अंक छ। एटलेटिकोले ३५ तथा रियलले ३४ खेल खेलेका छन्। बाँकी खेल जित्दा पनि उनीहरुले बार्सिलोनलाई पछि पार्न नसक्ने भएकाले ४ खेलअघि नै बार्सिलोनाले उपाधि जितेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।