काठमाडौं– लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले लागू औषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। ब्यूरोको शाखा कार्यालय पोखराको टोलीले शनिबार पोखराबाट तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पूर्वीरुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१ का ५० वर्षीय ५० गज पुन, सोही ठाउँका ४० वर्षीय चक्कर बहादुर पुन र गोरखाको बारपाक सुलिकोट गाउँपालिका– ६ का २४ वर्षीय रवि गुरुङ छन्।
प्रहरीले उनीहरुको साथबाट १० किलो ५ सय ग्राम अफिम र डिजिटल तराजुसहित पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ।
उनीहरु उपर लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।