काठमाडौं– चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ। शनिबार राति भएको खेलमा चेल्सीले वेष्टब्रुमसँग ३–३ गोलको बराबरी खेलेको हो।
पहिलो हाफमा नै ३–० गोलले पछि परेको चेल्सीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल भएको हो। चेल्सीको बराबरीमा मासोन माउन्ट, क्यालुम हुड्सन र टमी अब्राहमले गोल गरे। यता, वेष्टब्रुमका लागि क्यालुम रोविनसनले दुई गोल गर्दा कायल बार्टलीले एक गोल गरे।
खेलको चौथौ २५औं मिनेट रोविनसनले गोल गर्दै वेष्टब्रुमलाई २–० गोलको अग्रता दिलाएका थिए। २७औं मिनेटमा बार्टलीले अर्को गोल गर्दै चेल्सीविरुद्ध पहिलो हाफमै वेष्टब्रुमलाई ३–० गोलको अग्रता दिलाए।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ३–० गोलको अग्रता बनाएको वेष्टब्रुमले दोस्रो हाफमा यहि लयलाई कायम राख्न सकेन। चेल्सीले भने दोस्रो हाफमा राम्रो खेल्यो। खेलको ५५औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई ३–१ गोलको स्थितिमा ल्याए। हुड्सनले खेलको ७०औं मिनेटमा गोल गर्दा चेल्सी ३–२ गोलको स्थितिमा पुग्यो। खेलको अतिरिक्त समयमा भने अब्राहमले गोल गर्दै चेल्सीलाई हारबाट बचाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।