डडेल्धुरा- डडेल्धुराको भित्र मधेसमा पर्ने परशुराम नगरपालिका- ३ शीर्षबाट अवैध काठसहित २ जना पक्राउ परेका छन्। उनीहरूलाई सब डिभिजन वन कार्यालय परशुराम र प्रहरीको टोलीले शुक्रबार राति ११ बजे पक्राउ गरेको हो।
राति अवैध काठ ओसारिरहेको ट्याक्टर र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको वन कार्यालय परशुराम जोगबुडाका सहायक वन अधिकृत दीपेन्द्र केसीले जानकारी दिए।
उनका अनुसार चिरान गरेको सालको २५ थान कडी बरामद गरिएको हो। ‘बरामद गरिएको काठ अहिले हाम्रो कार्यालयमा सुरक्षित साथ राखेका छौं‚’ उनले भने, ‘नियन्त्रणमा लिइएका दुईजना इलाका प्रहरी कार्यालयमार्फत् डडेल्धुरा पुर्याइएको छ।
पक्राउ परेका दुवै जनाको जिल्ला सदमुकाममा कोरोना परीक्षण भइरहेका डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।