• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

असुरक्षित गर्भपतन गराउने क्रम बढ्दो

64x64
रासस शनिबार, असोज १०, २०७७  १५:०३
1140x725

काठमाडौं- सरकारले कानूनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गर्दा कतिपयले ज्यान नै गुमाउने गरेका छन्। गर्भपतनको कानुनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन्।

गर्भवती महिलाको लिखित मञ्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा तोकिएको स्वास्थ्य संस्थामा गर्भपतन गराउन सकिन्छ। प्रचलित कानुनले तोकेको परिधिमा रहेर गरिने गर्भपतन सेवालाई सुरक्षित गर्भपतन सेवा भनिन्छ। भरतपुर अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटा सुरक्षित गर्भपतन सेवामा गर्भपतनसँगै गर्भ निरोधबारे परामर्श सेवा, महिलाको आवश्यकता र चाहनाअनुसार गर्भ निरोध सेवा, गर्भपतनका सम्भावित जटिलताको व्यवस्थापन तथा उपचारसमेत पर्ने बताउँछन्। सुरक्षित गर्भपतन सेवालाई सम्पूर्ण गर्भपतन सेवा पनि भन्ने गरिन्छ। 

कानूनी व्यवस्थाअनुसार १२ हप्तासम्मको गर्भ र जबरजस्ती करणी एवं हाडनाता करणीबाट रहन गएका १८ हप्तासम्मको गर्भपतन गर्न पाइन्छ। गर्भपतन गराएमा महिलाको ज्यानमा खतरा पर्ने भएमा वा शारीरिक वा मानसिक रुपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा विकलाङ्ग बच्चा जन्माउन सक्ने अवस्था भएमा योग्यता प्राप्त चिकित्सकको रायमा जुनसुकै अवधिको गर्भपतन गराउन पाइने व्यवस्था रहेको उनले जानकारी दिए। 

Ncell 2
Ncell 2

गर्भवती महिलाको मञ्जुरीबिना र लिङ्ग पहिचान गरी लिङ्गको आधारमा भने गर्भपतन गराउन पाइँदैन। सापकोटाको भनाइमा मुख्य रुपमा दुई तरिकाबाट गर्भपतन गराइन्छ। नौ हप्तासम्मको गर्भ औषधिको माध्यमबाट र १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोगद्वारा सुरक्षित पतन गराउन सकिन्छ। उनले भने, ‘महिलाले आफ्नो इच्छाअनुसार दुईमध्ये कुनै एक विधि छनोट गर्न सक्छन्।’ 

गर्भको अवधि १२ हप्ताभन्दा माथि भएमा सम्बन्धित कम्तीमा दुई जना विषय विशेषज्ञको राय लिनुपर्दछ। हाडनाता करणी र बलात्कारबाट रहन गएको गर्भको हकमा एक जना विषय विशेषज्ञको रायअनुसार महिलाको अनुमतिमा कानूनले तोकेको अवस्थामा मात्रै गर्भपतन गराउन सक्ने कानूनी व्यवस्था छ। 

मापदण्ड निर्धारण गरी सूचीकृत भएका चिकित्सकबाट सूचीकृत गरिएको संस्थामा गएर गर्भपतन गराउन पाइन्छ। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार गत आव २०७६/७७ मा जिल्लामा पाँच  हजार दुई जनाले सुरक्षित गर्भपतन गराएका छन्। यसमध्ये ८७९ जना २० वर्षमुनिका छन्। यसैगरी आव २०७५/७६ मा सुरक्षित गर्भपतन गराउने चार हजार ६३६ मध्ये ४६४ जना २० वर्षमुनिका छन्। यसैगरी आव २०७४/७५ मा यो सङ्ख्या चार  हजार ४८१ रहेको छ। त्यसमध्ये ३४६ जना २० वर्षमुनिका थिए। 

विगतमा भन्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको भएपनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या त्योभन्दा ठूलो हुनसक्ने उनको आँकलन छ। सामाजिक रुपमा हेरिने दृष्टिकोण, अवैध रुपमा रहेको गर्भलगायतका कारण लुकिछिपी गर्भपतन गराउने गरेको पाइन्छ। 

डा सापकोटा कानूनी मान्यता पाएको कारण निर्धक्कसँग सुरक्षित गर्भपतन सेवा लिन आग्रह गर्नुहुन्छ। उनले भने,  ‘गर्भपतन अपराध होइन, सूचीकृत संस्थामा तोकिएका चिकित्सकसँग मात्रै गर्भपतन गराउनुपर्छ।’ गर्भपतनसम्बन्धी कानूनी व्यवस्थाका बारेमा जनचेतना जगाउन सकेमा असुरक्षित गर्भपतनबाट अकालमा ज्यान गुमाउनेको सङ्ख्या निकै कमी आउने उनको भनाइ छ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्