झापा–गोरु काटेर खाएको आरोपमा झापाको अर्जुनधारा ५ बैसाबारीका तीन जना पक्राउ परेका छन। पक्राउ पर्नेमा २० वर्षीय ईमन दाहाल,२७ बर्षीय वीरबहादुर दनुवार र टीकाराम दनुवार रहेका छन्।
उनीहरुले गोरु काटेर खाई गोरुको टाउको र खुट्टा नजिकैको उखुबारीमा गाडेको भनि स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ।
तीनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।