जयपुर– इन्डियन प्रिमियर लिग(आइपिएल)मा सनराइजर्स हैदरावादले फेरि एकपटक उत्कृष्ट बलिङको प्रदर्शन गरेको छ। उत्कृष्ट बलिङसँगै आइतबारको खेलमा उसले राजस्थान रोयल्सलाई ११ रनले पराजित गरेको छ।
टस हारेर ब्याटीङ गरेको हैदरावादले एक सय ५२ रनको लक्ष्य दिएको थियो। तर, राजस्थान एक सय ४० रनमै समेटिएपछि हैदरावाद ११ रनले विजयी भएको हो।
कप्तान अजंके रहानेले नटआउट ६५ रन तथा ओपनर सञ्जु सामसनले ४० रनको योगदान दिएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा राजस्तथान पराजित हुनपुग्यो।
आइतबार पनि हैदरावादका बलरले उत्कृष्ट बलिङ गरे। सन्दीप शर्माले ४ ओभरमा १५ रन दिएर एक विकेट लिए। त्यस्तै सिद्धार्थ कौलले ४ ओभरमा २ विकेट लिएर २३ रन दिए तथा रसिद खानले ३१ रन दिएर एक विकेट लिएका थिए। हरेक खेलमा हैदरावाद ब्याटीङ भन्दा उत्कृष्ट बलिङको मद्दतले विजयी हुँदै आएको छ।
१० औं आभेरमा ७२ रन बनाउँदा राजस्थान बलियो स्थानमा थियो। तर, ९.२ ओभरमा दोस्रो विकेट गुमाएपछि राजस्थानले लय गुमाएको हो। अन्तिम ओभरमा ५ विकेट गुम्दा २१ रन चाहिएकोमा उसले ९ रन मात्र जोड्न सक्यो।
ब्याटीङतर्फ हैदरावादका कप्तान केन विलिम्सनले सर्वाधिक ६३ रन बनाएका थिए भने डेब्यु खेलमा एलेक्स हेल्सले ४५ रनको योगदान दिए।
जितसँगै हैदरावाद आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ। ८ मध्ये उसले ६ खेल जितेको छ। त्यस्तै हारपछि राजस्थान पाँचौ स्थानमा छ।
आइतबार नै बैंगलोर र कलकात्ताबीच दोस्रो खेल हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।