काठमाडौ-उदयपुरको त्रियुगा नगरपालिका-२ स्थित फत्तेपुरबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रियुगा(१२ का १९ बर्षीय रजामुदिन अन्सारी, २० बर्षीय मिलन विश्वकर्मा, वर्ष २० कै सागर पौडेल, २२ वर्षीय शिव अधिकारी, वर्ष २२ का बिशाल मगर र २४ बर्षीय दिलिप घिमिरे छन्।
विशेष सुराकीका आधारमा आज बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ फत्तेपुरबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि उनीहरुलाई चेकजाँच गर्दा फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔषध फेला पारी बरामद गरेको हो। यसैगरी उनीहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाईकलसमेत बरामद गरिएको छ।

यस्तै उनीहरुलाई पक्राउ गरिएसँगै आजै साढे १० बजे अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले नै उदयपुर त्रियुगा-६ लालपत्ताबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कृष्ण सबरमका ३१ वर्षीय प्रबेश मिया र २६ बर्षीया हजारुम खातुन रहेका छन्। उनीहरु श्रीमान श्रीमती रहेको खुल्न आएको छ।

प्रहरीले उनीहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १८० एम्पुल लागुऔषध फेला पारी बरामद गरेको हो । यसरी लागुऔषधसहित पक्राउ परेका आठै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।