काठमाडौं- सोलिडारिटी फर डा केसी अलायन्सका अभियन्ताले स्वास्थ्य मन्त्रलयमा डा केसीका मागसहितको ज्ञापनपत्र बुझाएका छन्। डा केसीका मागसहित स्वास्थ्य मन्त्रीको सचिवालयलका प्रमुख सहयोगी गुरु खतिवडालाई ज्ञापनपत्र बुझाइएको अभियन्ता प्रितम सुवेदीले जानकारी दिएका हुन्।
ज्ञापनपत्रमा सत्याग्रहका मागहरू पूरा गरी डा गोविन्द केसीको जीवन रक्षा गर्ने सम्बन्धमा पहल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आग्रह गरिएको छ।
६ बुँदे माग राख्दै डा केसी १२ दिनयता अनसनमा छन्। जुम्लामा अनसन सुरु गरेका डा केसी काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेका छन्। तर सरकारले उनको अनसन तथा मागबारे कुनै चासो देखाएको छैन।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।