काठमाडौं– म्यान्चेस्टर सिटीले इएफएल कप फुटबलको तेस्रो चरणको खेलमा जित निकालेको छ। बिहीबार राति भएको खेलमा सिटीले बर्नमाउथलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
सिटीको जितमा लियाम डेलप र फिल फोडिनले गोल गरे। यता, बर्नमाउथका लागि साम सरिड्जले गोल गरे। पहिलो हाफसम्म १–१ गोलको बराबरीमा सिटीलाई रोकेको बर्नमाउथले दोस्रो हाफमा अर्को गोल खाँदै हार ब्यहोरेको हो।
खेलको १८औं मिनेटमा लियामको गोलबाट म्यान्चेस्टर सिटीले १–० गोलको अग्रता बनाएको थियो। तर २२औं मिनेटमा सामले गोल गर्दै बर्नमाउथलाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ७५औं मिनेटमा फोडिनले गोल गर्दै म्यान्चेस्टर सिटीलाई २–१ गोलको जित दिलाए।
बिहीबार राति नै भएको अर्को खेलमा एस्टोन भिल्लाले ब्रिस्टल सिटीलाई ३–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।