काठमाडौं- कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका- ५ लक्ष्मीपुर घर भई काठमाडौं मैतिदेवी बस्ने २४ वर्षीय रविकुमार यादव छन्।
यादवलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले बिहीबार दिउँसो मैतिदेवीबाट पक्राउ गरेको हो। २०७१ वैशाख १५ गते ललितपुरको लेलेस्थित फैडोल सामुदायिक वनमा सुनसरीको इटहरी नगरपालिका ४ घर भई ललितपुर चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको यादवले घाँटी रेटी हत्या गरेको आरोप लागेको छ।
हत्या पश्चात फरार रहेका यादव भागेर भारतको बैंग्लोरमा बस्दै आएका थिए । केही समय अघि काठमाडौं आएको सूचना पाएपछि यादवको पिछा गरेको महाशाखाले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका यादवलाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त चापागाउँ पठाइएको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।