बैंगलोर– इन्डियन प्रिमियर लिग(आइपिएल) को प्रतिस्पर्धामा सातौं स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले आइतबार कोलकात्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ। प्रतिस्पर्धाअघि बैंगलोरको ‘डेथ बलिङ’मा चिन्ता गरिएको छ।
बैंगलोरका कप्तान विराट कोहलीले डेथ बलिङमा धेरै रन दिनु बलरको ‘अपराध’ भएको बताएका छन्। अघिल्लो खेलमा २ सय ५ रन बनाएर पनि जित्न नसकेपछि बैंगलोरको बलिङ कमजोर भएको टिप्पणी भइरहेको छ। बैंगलोरले अघिल्लो खेलमा चेन्नईविरुद्ध २ सय ५ रन बनाएकोमा ५ विकेटले पराजित बन्न पुगेको थियो। डेभ ओभरमा बैंगलोरका बलरले धेरै रन दिदा बैंगलोरले उच्च स्कोर पनि जोगाउन सकेन। विराट कोहली, एबी डि भिल्लर्स जस्ता उत्कृष्ट ब्याट्सम्यान भएको बैंगलारेका बलरहरुले भने प्रभावशाली प्रदर्शन गर्न सकेका छैनन्। बैंगलोरमा उमेश यादब, टिम साउदी, क्रिस वोक्स्, पवन नेगि, मोहम्मद सिराज,युज्भेन्द्र चाहल लगायत बलर छन्। आइतबारको खेलमा बैंगलोरले डेथ बलिङमा सुधार ल्याउने रणनीति बनाएको छ।
बैंगलोरका ६ खेलमध्ये तीन खेलमा विपक्षी टिमले उविरुद्ध २ सय भन्दा धेरै रन बनाएका छन्। ती तिनै खेलमा बैंगलोर पराजित भएको थियो। ६ मध्ये उसले २ खेल मात्र जितेको छ।
आइतबार बैंगलोरविरुद्ध खेल्न लागेको कोलकात्ता ७ मध्ये ३ खेल जितेर टेबलको चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।