काठमाडौं-बाराबाट एक हजार दुई सय १६ थान नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका ५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय संदिप कुमार रहेका छन्।
सिम्रौनगढ नगरपालिका-९ बसवरिया नहरमा चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने सूचनाका आधारमा खटिएको स्थानीय प्रहरीले बा ६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो।
थप अनुसन्धान गर्ने क्रममा उक्त नक्कली नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको तथा मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।