काठमाडौं-चेल्सीले इएफएल कप फुटबलको तेस्रो चरणमा जित निकालेको छ। चेल्सीले बार्नस्लेलाई ६–० गोलअन्तरले पराजित गरेको हो।
बुधबार राति भएको खेलमा चेल्सीले फराकिलो जित निकालेको हो। चेल्सीको जितमा कइ हाभर्टजले ह्याट्रिक गोल गरे। टमी अब्राहम, रोस बार्कले, ओलिभर जिराउडले गोल गरे। पहिलो हाफमा दुई गोल गरेको चेल्सीले दोस्रो हाफमा थप चार गोल गर्दै फराकिलो जित निकालेको हो।
खेलको १९औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। हाभर्टजले २८औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म चेल्सीलाई २–० गोलको अग्रता दिलाए। खेलको ४९औं मिनेटमा बार्कलेले गोल गर्दै चेल्सीलाई ३–० गोलको अग्रता दिलाए। खेलको ५५औं र ६५औं मिनेटमा हाभर्टजले गोल गर्दै ह्याट्रिक पूरा गरे। जिराउडले ८३औं मिनेटमा गोल गर्दै चेल्सीलाई ६–० गोलको जित दिलाए।
बुधबार राति नै भएको अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।