काठमाडौं- सरकारले कोरोनाको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी र चिकित्सकको कोरोना बिमा गरिदिने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सबै कोरोना उपचारमा खटिएका र खटिने बसै स्वास्थ्यकर्मीको २५ लाखको बिमा गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
'२०७७ साउन १ देखि लागू हुने गरी कोरोना उपचारमा खटिने सबै स्वास्थ्यकर्मीको कोरोना बिमा गर्ने निर्णय भएको छ,' बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले भने।
कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको सेवा सुविधामा सरकारले कुनै चासो नदिएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो।
यसैबीच सरकारले अझै पनि कोरोना भाइरसको संक्रमण 'पिक' अवस्थामा नपुगेको र संक्रमणको जोखिम कायमै रहेको भन्दै सतर्क रहनसमेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।