रोल्पा- रोल्पामा ९ किलो ८२ ग्राम लागुऔषध अफिमसहित २ महिला पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक शंकर खड्का कमाण्डको टोलीले सोमबार बेलुका साढे ५ बजे उक्त लागुऔषधसहित २ महिला पक्राउ गरिएको जानकारी दिएको हो।
पक्राउ पर्नेमा थवाङ गाउँपालिका-२ ठूलोगाउँ बस्ने वर्ष ३६ की बिनज्योती रोका र सोही ठाउँकी ४५ वर्षीया मुली झाँक्री रहेको प्रहरीले जनाएको छ।
बिनज्योतीले बोकी ल्याएको झोलाभित्र प्लास्टिकको पोकाभित्र बाँधेको अवस्थामा ४ किलो ९३५ ग्राम अफिमसहित एक थान तराजु, विभिन्न दरका भारतीय सिक्का र पाँच ग्रामको फलामको ढक फेला परेको थियो। यस्तै मुलीले बोकेको झोलाबाट ४ किलो ८८५ ग्राम अफिम फेला परेको खड्काले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।