फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हालै जारी गरेको नयाँ राजनीतिक नक्सा र त्यसको क्षेत्रफल उल्लेख गरिएका विद्यालय तहका पाठ्यसामग्री बिक्री/वितरणमा रोक लगाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीले किताब रोक्न निर्देशन दिएको आफूहरूले त्यस्ता पाठ्यसामग्री रोकिसकेको जानकारी दिएका हुन्।
'किताब वितरणलाई प्रधानमन्त्रीले रोक्नुस् भन्नुभयो। हामीले रोकिसकेका छौं। परराष्ट्र, भूमि र शिक्षामन्त्रीले बैठक गरेर रिपोर्ट गर्न भन्नु भएको छ। हामी छलफल गरेर प्रधानमन्त्रीलाई रिपोर्ट गर्छौं,' मन्त्री पोखरेलले भने।
भारतले अतिक्रमण गरेका नेपाली भूभाग समेटेर सरकारले जेठ ७ गते नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। नयाँ नक्साअनुसार संविधानमा संशोधन समेत भइसकेको छ।
नयाँ नक्साअनुसार पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्रीमा थप भएको क्षेत्रफलसमेतका तथ्यांक र अन्तर्राष्ट्रिय सीमा विवादको निरुपणबारे पनि उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।