काठमाडौं- जुम्लाबाट अनसन सुरु गरी काठमाडौं आइपुगेका डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
केसीको 'फेसमास्क' पहिरिएर वर्षाकाे पनि प्रवाह नगरी सडकमा उत्रिएका युवाहरुले केसीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउने प्लेकार्ड बोकेका थिए।
कुनै नाराबाजी नगरी दर्के पानीमा उनीहरुले प्रदर्शन केसीकाे मागमा समर्थन जनाएका हुन्।


डा केसीलाई विमानस्थलवाट ट्रमा सेन्टर जबर्जस्ती लगेकाे थियाे। तर उनी त्यहाँबाट स्वेच्छिक डिस्चार्ज लिएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।
भदाै २८ गतेदेखि केसीले जुम्लामा अनसन थालेका थिए। जुम्लामा प्रहरीले अनसनस्थलबाट जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेकाे थियाे। त्यहा रहँदा अस्पतालमा आक्रमण हुने जाेखिम भएकाे भन्दै उनी काठमाडाै हिँडेका थिए। मगलबार केसीको अनसनकाे नवाैं दिन हाे।
तर डा केसीका मागबारे भने सरकारले कुनै चासो देखाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।