काठमाडौं- अनसनसरत डा गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन्। नेपालगन्जबाट काठमाडौं आएका उनले टिचिङ अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो।
दिउँसो ट्रमा सेन्टर पुर्याइएका डा केसीले साँझ सवा ६ बजे स्वेच्छिक डिस्चार्ज लिएका हुन्।
शिक्षण अस्पतलमा नसारुन्जेलसम्म आफूले कुनै परीक्षण गर्न पनि नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई शिक्षण अस्पताल सारिएको छ। डा केसीको ईच्छाबमोजिम नै शिक्षण अस्पतालमा सारिएको उनका सहयोगीले जानकारी दिएका छन्।
ट्रमा सेन्टरमा डा केसीका समर्थकले 'वि आर विथ जिकेसी', 'डा केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं' लगायतका नारा लगाएका थिए।
डा केसीले सुरु गरेको अनसनको आज ९ दिन पुगेको छ। सरकारले आफ्ना माग पूरा नगरुन्जेलसम्म अनसन नतोड्ने डा केसीले बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।