काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाबाट मिडफिल्डर आर्टुरो भिडाल इटालियन क्लब इन्टर मिलानमा आबद्ध भएका छन्। इन्टर मिलानले उनको सम्झौता भएको आधिकारिक रुपमा जनाएको हो। जसमा विभिन्न सर्तअनुरुप मिलानले बार्सिलोनालाई एक मिलियन युरोसम्म बुझाउनुपर्ने हुन्छ।
भिडालको खेल बुझेका इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले यसअघि पनि भिडाललाई प्रशिक्षण दिइसकेका छन्। यसअघि युभेन्टसमा रहँदा कोन्टेको प्रशिक्षणमा भिडालले लगातार तीन सिरि ए उपाधि जितेका थिए।
२०१८ मा भिडाल जर्मन क्लब बायर्न म्युनिकबाट बार्सिलोना गएका थिए। २०१५ मा बायर्न जानुअघि भिडाल २०११ देखि युभेन्टसमा थिए। बार्सिलोनामा रहँदा ९६ खेल खेलेका भिडालले ११ गोल र १० असिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।