दिल्ली– लिग चरणका आधा खेलहरु सकिदा इन्डियन प्रिमियर लिग(आइपिएल) रोचक बन्दै गएको छ भने प्लेअफमा स्थान सुरक्षित गर्न हरेक टिममाथि दबाब बढ्दै गएको छ।
प्रतिस्पर्धामा शनिबारको खेलपछि नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली डेयरडेभिल्स अन्तिम स्थानमा धकेलिएको छ। शनिबारको खेलमा मुम्बई इन्डियन्स्ले विजयी भएसँगै दिल्ली पुछारमा धकेलिएको थियो। शुक्रबार कलकत्तालाई हराएपछि दिल्ली सातौं स्थानमा उक्लिएको थियो।
शनिबार मुम्बईले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्यो।
टस जितेर बलिङ गरेको मुम्बईले एक सय ७० रनको लक्ष्य पाएको थियो। २ विकेट गुमाएर उसले १९.३ ओभरमा लक्ष्य पुरा गर्यो। जितका लागि कप्तान रोहित शर्माले नटआउट ५६ रनको योगदान दिए।
यसअघि टेबुलको अन्तिम स्थानमा रहेको मुम्बई जितसँगै छैंटौं स्थानमा उक्लिएको छ। ७ खेल खेलेको मुम्बईले २ खेल जितेको छ। हारका बाबजुट चेन्नई शीर्ष स्थानमा छ।
७ खेल खेलेको दिल्लीले २ खेल जितेका छ। नेट रनरेटका आधारमा उ अन्तिममा धकेलिएको हो। सातौं स्थानमा रहेको बैंगलोरले ६ खेलमा २ जित निकालेको छ। आइतबार बैंगलोरले कलकत्तासँग प्रतिस्पर्धा गर्दैछन्।
आइतबार आइपिएलमा दुई खेल छन्। पहिलो खेल राजस्थान र हैदरावादबीच र दोस्रो खेल बैंगलार र कलकत्ताबीच हुने छन्। लिग चरणमा सबैले १४÷१४ वटा खेल खेल्ने छन्। जसमा उत्कृष्ट चार टिम प्लेअफका लागि छनोट हुनेछन्। लिग चरणका आधा खेल सकिएपछि प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।
यस्तो छ आइपिएलको प्वाइन्ट टेबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।