काठमाडौं– मकवानपुरबाट १ सय ४ किलो गाँजासहित तीन युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल भन्ने रुपक खड्का ठकुरी, सोही ठाउँका ३० वर्षीय टलकबहादुर घलान र राक्सिङ–४ का २७ वर्षीय मदन कोइराला छन् ।
उनीहरुलाई मंगलबार बिहान ३ बजे प्रहरी चौकी सुनाचुरीबाट असई हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । मनहरी गाउँपालिका–६ लोथरखोलाको बगरबाट उनीहरुलाई १ सय४ किलो गाँजासहित पक्राउ गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।