काठमाडौं–म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ। सोमबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
उल्भ्सकै घरेलु मैदानमा सिटीको सहज जितमा केभिन डे ब्रुयन, फिल फोडेन र गाब्रियल जेसुसले गोल गरे। उल्भ्सका लागि भने राउल जिमिनेजले एक गोल फर्काएका थिए। पहिलो हाफमा २ गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दै स्पष्ट जित निकालेको हो।
खेलको २०औं मिनेटमा केभिनले पेनाल्टीबाट गोल गर्दै सिटीलाई अग्रता दिलाए। खेलको ३२औं मिनेटमा फोडेनले गोल गरेपछि सिटी पहिलो हाफसम्म २–० गोलले अघि रहेको थियो। खेलको ७८औं मिनेटमा जिमिनेजले गोल गर्दै उल्भ्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर अघिकांश समय बल आफ्नो पक्षमा पारेको सिटीले खेलको अतिरिक्त समयमा अर्को गोल थप्न सफल भयो। गाब्रियलले गोल गर्दै सिटीलाई ३–१ गोलको जित दिलाए।
त्यस्तै, सोमबार राति नै भएको अर्को खेलमा एस्टोन भिल्लाले सेफिल्ड युनाइटेडलाई १–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।