कास्की- कास्की जिल्लाको पोखरा महानगरपालिका-६ स्थित फेवातालको बीच भागमा पुगेर अलपत्र परेका २ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।हावाहुरीको कारण अलपत्र परेका दुई जनाको एपिएफ टोलीले असोज ५ गते सकुशल उद्वार गरेको हो।
पोखरा महानगरपालिका-२२ बस्ने ३० वर्षीय हर्कबहादुर विक र ३५ वर्षीय सुरेन्द्र गुरुङ चढेको डुंगा हावाहुरीको कारण उक्त तालको बीच भागमा अलपत्र परेको थियो। उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
सोबारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिका पोखराबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको तत्कालै उद्वार गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।