काठमाडौं– डिफेन्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरि ए फुटबलमा विजयी सुरुवात गरेको छ।
आइतबार राति भएको खेलमा युभेन्टसले साम्पडोरियालाई ३–० गोलअन्तरले पराजित गर्दै नयाँ सिजनको सुरुवात गरेको हो। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, डेजन कुलुसेभस्की र लियोनार्दो बनुकीले गोल गरे। खेलको १३औं मिनेटमा रोनाल्डोको एसिस्टमा डेजनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल गर्दै जित दर्ता गरेको हो। खेलको ७८औं मिनेटमा लियोनार्दोले गोल गर्दै युभेन्टसलाई २–० गोलको अग्रता दिलाए। युभेन्टसले सहज जित निकाल्ने क्रममा खेलको ८८औं मिनेटमा रोनाल्डोले गोल गरे। उनले राम्सी पासमा गोल गर्दै युाभेन्टसलाई ३–० गोलको जित दिलाए।
त्यस्तै, नापोलीले पनि विजयी विजयी सुरुवात गरेको छ। नापोलीले आफ्नो पहिलो खेलमा पर्मालाई २–० गोलअन्तरले पराजित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।