काठमाडौं– डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको आफ्नो पहिलो खेलमा बराबरी खेल्दै चित्त बुझाएको छ।
आइतबार राति भएको खेलमा कमजोर मानिएको रियल सोसाइडेडसँग रियल मड्रिडले गोलरहित बराबरी खेलेको हो। रियल मड्रिडविरुद्ध घरेलु टिम रियल सोसाइडेडले भने उत्कृष्ट खेल्यो। अधिकांश बल नियन्त्रण आफ्नो पक्षमा भएपनि रियल मड्रिडले गोल गर्न सकेन। गोलरहित बराबरी खेल्दै स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले १ अंक प्राप्त गर्दै लिग सुरुवात गरेको छ।
ला लिगाअन्तर्गत भएको अर्को खेलमा भने ग्रानाडाले अलभेसलाई २–१ गोलअन्तरले पराजित गरेको छ। त्यस्तै, रियल बेटिसले रियल भलाडोलिडलाई २–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।