काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ। आइबार बेलुकी भएको खेलमा टोटेनहमले साउथ ह्याम्पटनलाई फराकिलो अन्तरले पराजित गरेको हो।
साउथ ह्याम्पटनको मैदानमा टोटेनहमको जितमा सन ह्युङ मिनले ह्याट्रिकसहित चार गोल गरे। एक गोल भने ह्यारी केनले गरे। साउथ ह्याम्पटनका लागि डेनी इङ्सले दुई गोल गरे।
खेलको ३२औं मिनेटमा डेनीले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्तिम समयमा सनले गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरी दिलाए।
सनले खेलको ४७औं र ६४औं मिनेटमा गोल गर्दै ह्याटिक पूरा गरे। उनले ह्याट्रिक पूरा गर्दा टोटेनहमले ३–१ गोलको अग्रता बनाएको थियो। खेलको ७३औं मिनेटमा सनले चौथो गोल गर्दै टोटेनहमलाई ४–१ गोलको अग्रता दिलाए।
खेलको ८२औं मिनेटम केनले गोल गर्दै टोटेनहमलाई ५–१ गोलको अग्रता दिलाए। तर खेलको अतिरिक्त समयमा डेनीले पेनाल्टीबाट गोल गर्दै ५–२ गोलको स्थितिमा ल्याएपनि साउथ ह्याम्पटनलाई फराकिलो हारबाट जोगाउन भने सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।