काठमाडौं-अस्पतालको आइसोलेसनबाटै फरार भएका कारोना संक्रमित थुनुवा पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोले काभ्रेको नमोबुद्ध नगरपालिका–६ रमेश तमाङलाई लागुऔषध कारोबारको आरोपमा पक्राउ गरेको थियो।
त्यसपछि कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि उनलाई बसुन्धारास्थित कान्तिपुर डेण्टल एण्ड जनरल हस्पिटलको आईसोलेसनमा राखेर उपचार गरिएको थियो। सो क्रममा उनी शुक्रबार बिहानीपख शौचालय जाने निहुँमा फरार भएका थिए। फरार तामाङलाई काभ्रेबाट पक्राउ गरिएको ब्यूरोका एसएसपी दिलिपकुमार चौधरीले नेपाल लाइभलाई जानकारी दिए ।
तामाङ ४ सय सेट नाइट्रोभ्याट, डाईजेपाम र फेनारगनसहित पक्राउ परेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।