काठमाडौं-साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर छ।
शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ थियो। आइतबारका लागि पनि छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तर आइतबार चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ तोकिएको छ।
शुक्रबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो। आइतबार प्रतितोला १५ रुपैयाँले घटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।