काठमाडौं–प्रहरीले एक किलो लागुऔषध चरेससहित दुई जनालाई टोखा क्षेत्रबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका-३ घर भएका ४२ वर्षीय सानुकान्छा तामाङ र सोही ठाउँकी २३ वर्षीया दिलकुमारी तामाङ छन्।
उनीहरुलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले ९ सय ७८ ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको हो । टोखा नगरपालिका-९ शिव मन्दिरस्थित पशुपति गेष्ट हाउस अगाडिको गोरेटोबाट उनीहरु पक्राउ परेका हुन् ।
चरेसको किनबेच भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनीहरुको झोला खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध भेटिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।