काठमाडौं–नेकपा एमालेसँग एकताअघि तत्कालीन माओवादीको मुख्यालय पेरिसडाँडामा निकै चहलपहल हुन्थ्यो। तर एकतापछि गठन भएको नेकपाका अधिकांश गतिविधि प्रधानमन्त्री निवास बालुवाटार र धुम्बाराहीमा केन्द्रित भयो। त्यसयता पेरिसडाँडा प्राय सुनसान नै रहन्थ्यो।
आज नेकपा सचिवालय बैठक बस्ने भएपछि बिहानैदेखि पेरिसडाँडामा चहलपहल एक्कासी बढ्यो। कार्यकर्ताहरुको भीड लाग्यो। अझ प्रधानमन्त्री केपी ओली नै आउने भएपछि सुरक्षा सतर्कता बढाइयो। प्रधानमन्त्री ओलीको भने पेरिसडाँडामा यो दोस्रो आगमन हो । यसअघि उनी एकता भएको दोस्रो दिन पार्टी कार्यालय उद्घाटन गर्न २०७५ जेठ ४ गते आएका थिए।









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।