काठमाडौं- एनआइसी एसिया बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई प्रबल जनसेवाश्री चतुर्थ पदकबाट सम्मानित गरिने भएको छ। संविधान दिवसको अवसरमा सरकारले अध्यक्ष अग्रवाललाई सो पदक प्रदान गर्ने घोषणा गरेको हो।
विशाल ग्रुपका उपाध्यक्षसमेत रहेका अग्रवाललाई सो पदक आगामी वर्षको गणतन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नेछिन्।
आफ्ना अध्यक्ष अग्रवाललाई पदक प्रदान गरिएकोमा नेपाल सरकारप्रति बैंकले कृतज्ञता ज्ञापनसमेत गरेको छ।
पाँच दशकदेखि उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा काम गर्दै आएका अग्रवालसफल उद्योगी व्यवसायी मानिन्छन्।
आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउँदै आएका उनी मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशकलगायत विभिन्न व्यापार/वाणिज्य संस्थामा आबद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।