रियो दी जेनेरियो– ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटबलसम्बन्धी कुनैपनि काममा आजिवन प्रतिबन्ध लगाइएको छ।
फुटबलको विश्वव्यापी आधिकारीक संगठन फिफाले उनलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो।
फिफाको मूल्य मान्यता समितिले ७७ वर्षीय मार्कोलाई सञ्चार र बजारसम्बन्धी सम्झौतामा घुस लिएको भन्दै दोषी ठहर गरेको छ।
उनलाई फुटबलसम्बन्धी कुनैपनि गतिविधि र जिम्मेवारीमा प्रतिबन्द लगाउनुका साथै १ मिलियन अमेरिकी डलर(करिब १० लाख रुपैयाँ) जरिवानाको घोषणा गरेको छ।
फिफाले डेल नेरोलाई व्यापारमा ठगी गरेको, अवैधानिक काम गरेको, सम्पत्तिको अपचलन गरेकोलगायतका आरोप लगाउँदै गत डिसेम्बरमा निलम्बन गरेको थियो।
फिफाको निर्णयका बारेमा पुनरावेदन गराउन चाहेको डेल नेरोका वकिलहरुले बताएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।