मंगलबारे : इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब पुगेका छन्।
आज भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टारले सशस्त्रको एपिएफ क्लबलाई २–० को अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो। यसअघि नै त्रिभुवन आर्मीलाई हराउँदै मनाङ फाइनलमा प्रवेश गरेको थियो।
पहिलो हाफको इन्जुरी समयमा थ्रीस्टारको तर्फबाट विमल घर्तीमगरले गोल गरेका थिए। त्यस्तै, खेलको ९० औँ मिनेटमा थ्रीस्टारका मार्टिन्सले अर्को गोल गर्दै फाइनलको यात्रा पक्का गरेको हो।
माइभ्याली गोल्डकपको फाइनल खेल सोमबार दिउँसो ३ बजे हुनेछ।
उपाधि विजेताले ६ लाख ६६ हजार ६६६ र उपबिजेताले ४ लाख रुपैयाँ पाउनेछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।