काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले सुन्ने गरी डा गोविन्द केसीका माग पूरा गर्न दबाब सिर्जना गर्न आह्वान गरेका छन्। शुक्रबार ट्विट गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा केसीका माग कार्यान्वयन गराउन सरकारलाई दबाब दिन आह्वान गरेका हुन्।
डा केसीसँग सरकार सहमति गर्ने तर कहिल्यै कार्यान्वयन नगर्ने आरोपसमेत उनले लगाएका छन्। डा केसीको जीवन रक्षा गर्न पनि उनले सरकारसमक्ष माग गरेका छन्।
'गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि डा.गोविन्द केसी १९औँ अनसनमा हुनुहुन्छ। हरेक पटक जनदबाबपछि सरकार सहमति त गर्छ तर कार्यान्वयन गर्दैन,' उनले भनेका छन्, 'सबैले सरकारलाई सुन्ने गरी भनौँ- 'डा.केसीले रोजेको कष्टकर बाटो आम जनताका लागि हो, उहाँको माग पुरा गर, उहाँको जीवन रक्षा गर!'
डा केसी जुम्लामा अनसनरत छन्। तर सरकारले भने उनको पछिल्लो अनसनबारे कुनै चासो प्रकट गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।