• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
रोगको डरले आएकाहरू भोकको चिन्ताले फर्कँदै
64x64
रासस शनिबार, असोज ३, २०७७  १४:४८
1140x725
फाइल तस्बिर

गड्डाचौकी (कञ्चनपुर)-  साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा छन्। 

धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा राजेन्द्र डगौंरालाई साउदी अरब पठाएका सीतरामको सपना कोरोना कहरसँगै तुहिएको छ। 'छोराले विदेशमा कमाएर एउटा ओतबस्ने घरसम्म त बनाउँला भन्ने सोचेको थिएँ,' सीतारामले दुखेसो पोख्दै भने, 'छोरो केही दिनअघि रित्तो हात घर फर्कियो, अब दैनिक जिवीकाको त कुरै भएन ऋण कसरी तिर्ने भन्ने भएको छ।' सीताराम पनि पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया काम गरेर केही वर्षअघि फर्किएका थिए।

'छोरा कमाउला र म घरको रेखदेख गरौँला भन्ने सोचेर बसिरहेको थिएँ,' उनले भने, 'बरु अब यहीँ केही काम पाइन्छ कि भनेर खोज्नुपर्ने भएको छ, तर हामीलाई रोजगारी पनि कसले देला र?' उनले दैनिकी चलाउन गाउँमा मजदुरी पाउन समेत गाह्रो भइरहेको बताए।

'आफूसँग भएको जग्गामा केही आयमूलक व्यवसाय गरौँ छाडा गोरुले सखाप पार्छन्,' उनले भने, 'मजदुरी गर्न भारत जाऔँ त्यहाँ कोरोना बढेको समाचार दिनदिनै सुन्दा जानै मन लाग्दैन, मनभरि डर मात्र छ।' उनको पाँच जनाको परिवार छ। उनीहरुलाई खर्च जुटाउन पनि जारी बन्दाबन्दीका कारण निकै नै समस्या भइरहेको उनले बताए। 

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिका–३ देखतभुलीका जितसिंह बडायकको परिवार पनि यतिबेला आर्थिक समस्याले ग्रसित छ। रोजगारी गर्ने छोरो घरमा थन्किएर कामविहीन रुपमा बस्नु परेपछि चिन्ता र तनाव बढेको छ। 

'म भारतको गुजरातमा होटलमा मजदुरी गर्न थालेको ८ वर्ष भयो,' कोरोनाको डरले दुई महिनाअघि घर फर्किएका बडायकले भने, 'अहिले यहाँ घरमा साबुन किन्ने खर्च समेत छैन, सरकार साबुन पानीले हात धुनु भन्छ त्यही साबुन कसरी जुटाउने भन्नेसम्मको समस्या आएको छ।'

होटलमा मजदुरी गरेर मासिक रु २५ हजार कमाउने गरेका बडाउकले गाउँ फर्किएपछि बेरोजगारी फारम भरे पनि कुनै कार्यक्रम नआएको बताए। 'स्थानीय तहले बेरोजगार फारम भर्न त लगायो तर रोजगारी दिने कुनै छाँट देखिएन,' उनले भने, 'अब रोगसँग डराएर मात्र के गर्नु, पेट भर्नैपर्यो, फेरी भारत जानुपर्ने बाध्यता नजिक आउँदै छ।'

होटल बन्द भएपछि केही समय भारतमा बेरोजगार बसेका बडायक नेपाल–भारत सीमा खुल्ला भएपछि घर फर्किएका हुन्। 'दश जनाको परिवार छ कमाउने कोही छैन,' उनले भने, 'म कामविहीन हुँदा घरका अरु सदस्य पनि खर्च कहाँबाट चलाउने भनेर चिन्तामा छन्।'

कोरोनाको डरले आफू तीन वर्ष पछि भारतबाट फर्किएको उनको भनाई छ। 'कमाएर ल्याएको सकिसक्यो। फेरि भारत जाने विचारमा छु,' उनले भने,' न हातमा त सीप छ नत यहाँ केही गर्न लगानी नै।'

पछिल्लो समय बेरोजगारी चिन्ताले रोगको प्रवाह नगरी कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सयौँ नेपाली रोजगारीका लागि भारत गइरहेका छन्। 'कोरोनाको डरले कुनै बेला गड्डाचौकी नाकाबाट एकै दिन २० हजार भन्दा बढी नेपालीहरु स्वदेश फर्किएको रेकर्ड थियो' जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने–'अहिले दैनिक ६ देखि ७ सय नेपाली मजदुरीका लागि भारत पस्दैछन्।'

कोरोना सङ्क्रमणबाट भारतमा दैनिक दशौँ हजार जना सङ्क्रमित भएका र सयौँको मृत्यु भइरहेको खबर सुन्दा पनि नेपालीहरु त्यसको प्रवाह नगरी मजदुरीका लागि भारत जान थालेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौ  हजार जनालाई तत्काल स्वरोजगार बनाउन आवदेन लिइको छ। मन्त्रालयले कृषि तथा पशुपंछी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई यही असोज ६ गतेसम्म आवेदन दिन भनिएको छ। कञ्चनपुरमा पनि सबै स्थानीय तह र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रले आवेदन लिइरहेको छ।

कृषि र भेटेरिनरीमा गरी झण्डै एक हजार युवाले आवेदन दिइसकेका छन्। मन्त्रालयले हालै जारी सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा बाख्रापालन, बंगुरपालन, फलफूल खेती, गाईभैँसीपालन, माछापालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पंछीपालन, नर्सरी तथा पुष्प व्यवसाय तथा अन्य गरी १० फरक कृषि क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य रहेको जनाएको छ।

यहाँको बेल्डाँडी गाउँपालिका–५ इमलिया ३३ बर्षीया बाबुराम गिरी पनि भारतमा आफू कार्यरत कम्पनी बन्द भएपछि घर फर्किएका छन्। 'भारतको पञ्जावमा कुखुरा फार्ममा नौ महिना काम गरेँ' केही समयअघि घर फर्किएका गिरीले भने, 'घरमा कमाउने ममात्रै हुँ अब महेन्द्रनगरतिर काम खोज्न जाने सोचमा छु।'

उनले भारत मजदुरीका लागि जानुअघि आफू जेसिबी चलाउने गरेको बताए। उनले भने, ' कोरोनाले भारतमा कम्पनी नै बन्द भएपछि घर फर्किनु परेको हो।' प्रदेश सरकार र स्थानीय तहहरुले पनि कोरोना प्रभावितहरुलाई स्वरोजगार बनाउने बताइरहेका बारेमा उनले आफूलाई केही थाहा नभएको बताए। उनले भने, 'सरकारले कार्यक्रमहरु दिइसकेका छैनन् तर आफूलाई यहाँ घर चलाउनै मुस्किल हुन लागिसक्यो।'

मुग्लान पस्नेहरु पनि तनावमै
कोरोना कहरका बेला बेरोजगार भएर घरमा बस्नेहरु जस्तै बाध्यताले मुग्लान पस्नेहरु पनि यहाँ तनावकैबीच घर छाडिरहेका छन्। कोरोना भाइरस सङ्क्रमणको चिन्ताले गत चैत वैशाखमा स्वदेश फर्किनेहरु अहिले कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाहरु दैनिक झोला गुन्टा बोकेर मजदुरी गर्न भारत गइरहेका छन्।

भारतमा दैनिक करिब एक लाखको सङ्ख्यामा सङ्क्रमित थपिनुका साथै दिनमा सयौँको यसै सङ्क्रमणबाट मृत्यु भइरहेको खबर आइरहेका बाध्य भएर नेपालीहरु मजदुरीका लागि भारत गइरहेको बताउँछन्। सुदूरपश्चिम प्रदेशको रोजगारीको प्रमुख गन्तव्य रहेको भारतबाट लकडाउन अवधिमा झण्डै डेढ लाख मानिस स्वदेश फर्किएको तथ्याङ्क छ। स्वदेशमा स्वरोजगारका लागि कुनै योजना नहुनुका साथै आफूहरुको परिवारमा रोगभन्दा पनि भोकले मर्ने अवस्था आएपछि भारत जानुको विकल्प नरहेको मुग्लान जानेहरुको भनाई छ।

लामो समय लकडाउन हुँदा बिहान बेलुका हातमुख जोर्न पनि समस्या हुन थालेपछि बाध्य भएर भारत जान लागेको भीमदत्तनगरपालिका–१३ का सन्त सुनारले बताए। 'सरकारले घरमै बसेर सुरक्षित रहनुस भन्छ तर हामीसँग छाक टार्ने अन्न नै छैन, अब के खाएर बाँच्नु?' लालाबालासहित गड्डाचौकीबाट भारत जान लागेका सुनारले भने, 'यतिखेर महामारी छ र हामी सर्वसाधारणहरुका लागि झन् ठूलो कष्ट छ, यस्तो समयमा जाने कि नजाने भन्ने दुविधा भए पनि आखिर जानैपर्ने हाम्रो बाध्यता हो।'

स्वरोजगारको व्यवस्था नभएकाले धेरै स्थानीयहरु विदेशिन बाध्य रहेको उनको भनाइ छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गौरीफन्टा र गड्डौकी नाकाबाट गरी दैनिकम ५ देखि ६ सय नेपाली भारत रोजगारीका लागि जान थालेको जनाएको छ।

'आधार कार्ड र रासन कार्ड भएका र भारतीय कम्पनीले पनि प्रक्रिया पुर्‍याएर नेपालीहरुलाई भारत लगिरहेको छ,' जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, 'पछिल्ला दिनहरुमा यी दुई नाकाबाट भारत जानेहरु बढिरहेका छन्।'

'भारत कोरोनाको चपेटमा राम्ररी परेको समचार त सुन्यौँ तर के गर्नु हामीलाई त्यतै जानुपर्ने पनि बाध्यता आइलाग्यो,' कृष्णपुर नगरपालिका–२ का बेलुराम चौधरीले दुखेसो पोख्दै भने, 'रोगले भन्दा भोकले मर्ने स्थिति आउनुभन्दा जेसुकै पर्ला भनेर मजदुरीका लागि हिडेको हुँ।'

उनले लकडाउनमा परिवार पाल्न निकै नै समस्या भएकाले भारत जान लागेको बताए। 'चैतमा कोरोना त्रासले घरबाट फोन गरेर बोलाएर आइहालेँ,' उनले भने, 'भारतमा मजदुरी गरेन भने परिवार पाल्नै मुस्किल पर्छ।'

सुदूरपश्चिम प्रदेश सरकारले ९ हजार जनालाई स्वरोजगार तथा रोजगारी दिने योजना बनाए पनि भारत जाने क्रम चलिरहेकै छ। यही क्रममा गड्डाचौकी नाका हुँदै भारत गइरहेका भीमदत्तनगरपालिका–१३ का इन्द्र सुनारले पनि आफू बाध्यताले परिवारसहित भारत जान लागेको उल्लेख गरे। 'धेरै समय महाकाली नदीमा बालुवा छानेर पनि परिवारको खर्च चलाएँ,' सुनारले भने, 'पाँच वर्षदेखि भारत गएर मजदुरी गर्दैछु।' उनले पनि स्वदेशमा रोजगारीका अवसर नहुँदा विपद्‍का बेला पनि मुलुक छोडुन परेकोमा दुःख व्यक्त गरे। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले महिना दिनयता मजदुरका लागि गड्डाचौकी र गौरीफन्टा नाकाबाट भारत जाने क्रम चलिरहेको बताए। 'दुवै नाकाबाट गरेर दैनिक ५ देखि ६ सय नेपालीहरु भारत जाँदैछन्,' उनले भने, 'उनीहरु यस्तो अवस्थामा पनि किन जान लागेको भन्दा मजदुरी गर्नकै लागि जान लागेको भन्नेहरु नै अधिकांश छन्।' 

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
अब सरकारी जागिर खानेलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा शुक्रबार, असार २०, २०८२
एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण शुक्रबार, असार २०, २०८२
प्रधान सेनापतिद्वारा उपरथी खत्रीलाई दर्ज्यानी चिह्न प्रदान शुक्रबार, असार २०, २०८२
यी हुन् डब्लुएचओ जीएमपी प्राप्त ५८ नेपाली औषधि उद्योग शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्