• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

रोगको डरले आएकाहरू भोकको चिन्ताले फर्कँदै

64x64
रासस शनिबार, असोज ३, २०७७  १४:४८
1140x725
फाइल तस्बिर

गड्डाचौकी (कञ्चनपुर)-  साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा छन्। 

धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा राजेन्द्र डगौंरालाई साउदी अरब पठाएका सीतरामको सपना कोरोना कहरसँगै तुहिएको छ। 'छोराले विदेशमा कमाएर एउटा ओतबस्ने घरसम्म त बनाउँला भन्ने सोचेको थिएँ,' सीतारामले दुखेसो पोख्दै भने, 'छोरो केही दिनअघि रित्तो हात घर फर्कियो, अब दैनिक जिवीकाको त कुरै भएन ऋण कसरी तिर्ने भन्ने भएको छ।' सीताराम पनि पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया काम गरेर केही वर्षअघि फर्किएका थिए।

'छोरा कमाउला र म घरको रेखदेख गरौँला भन्ने सोचेर बसिरहेको थिएँ,' उनले भने, 'बरु अब यहीँ केही काम पाइन्छ कि भनेर खोज्नुपर्ने भएको छ, तर हामीलाई रोजगारी पनि कसले देला र?' उनले दैनिकी चलाउन गाउँमा मजदुरी पाउन समेत गाह्रो भइरहेको बताए।

'आफूसँग भएको जग्गामा केही आयमूलक व्यवसाय गरौँ छाडा गोरुले सखाप पार्छन्,' उनले भने, 'मजदुरी गर्न भारत जाऔँ त्यहाँ कोरोना बढेको समाचार दिनदिनै सुन्दा जानै मन लाग्दैन, मनभरि डर मात्र छ।' उनको पाँच जनाको परिवार छ। उनीहरुलाई खर्च जुटाउन पनि जारी बन्दाबन्दीका कारण निकै नै समस्या भइरहेको उनले बताए। 

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिका–३ देखतभुलीका जितसिंह बडायकको परिवार पनि यतिबेला आर्थिक समस्याले ग्रसित छ। रोजगारी गर्ने छोरो घरमा थन्किएर कामविहीन रुपमा बस्नु परेपछि चिन्ता र तनाव बढेको छ। 

'म भारतको गुजरातमा होटलमा मजदुरी गर्न थालेको ८ वर्ष भयो,' कोरोनाको डरले दुई महिनाअघि घर फर्किएका बडायकले भने, 'अहिले यहाँ घरमा साबुन किन्ने खर्च समेत छैन, सरकार साबुन पानीले हात धुनु भन्छ त्यही साबुन कसरी जुटाउने भन्नेसम्मको समस्या आएको छ।'

होटलमा मजदुरी गरेर मासिक रु २५ हजार कमाउने गरेका बडाउकले गाउँ फर्किएपछि बेरोजगारी फारम भरे पनि कुनै कार्यक्रम नआएको बताए। 'स्थानीय तहले बेरोजगार फारम भर्न त लगायो तर रोजगारी दिने कुनै छाँट देखिएन,' उनले भने, 'अब रोगसँग डराएर मात्र के गर्नु, पेट भर्नैपर्यो, फेरी भारत जानुपर्ने बाध्यता नजिक आउँदै छ।'

होटल बन्द भएपछि केही समय भारतमा बेरोजगार बसेका बडायक नेपाल–भारत सीमा खुल्ला भएपछि घर फर्किएका हुन्। 'दश जनाको परिवार छ कमाउने कोही छैन,' उनले भने, 'म कामविहीन हुँदा घरका अरु सदस्य पनि खर्च कहाँबाट चलाउने भनेर चिन्तामा छन्।'

nimb
nimb
Ncell 2
Ncell 2

कोरोनाको डरले आफू तीन वर्ष पछि भारतबाट फर्किएको उनको भनाई छ। 'कमाएर ल्याएको सकिसक्यो। फेरि भारत जाने विचारमा छु,' उनले भने,' न हातमा त सीप छ नत यहाँ केही गर्न लगानी नै।'

पछिल्लो समय बेरोजगारी चिन्ताले रोगको प्रवाह नगरी कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सयौँ नेपाली रोजगारीका लागि भारत गइरहेका छन्। 'कोरोनाको डरले कुनै बेला गड्डाचौकी नाकाबाट एकै दिन २० हजार भन्दा बढी नेपालीहरु स्वदेश फर्किएको रेकर्ड थियो' जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने–'अहिले दैनिक ६ देखि ७ सय नेपाली मजदुरीका लागि भारत पस्दैछन्।'

कोरोना सङ्क्रमणबाट भारतमा दैनिक दशौँ हजार जना सङ्क्रमित भएका र सयौँको मृत्यु भइरहेको खबर सुन्दा पनि नेपालीहरु त्यसको प्रवाह नगरी मजदुरीका लागि भारत जान थालेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौ  हजार जनालाई तत्काल स्वरोजगार बनाउन आवदेन लिइको छ। मन्त्रालयले कृषि तथा पशुपंछी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई यही असोज ६ गतेसम्म आवेदन दिन भनिएको छ। कञ्चनपुरमा पनि सबै स्थानीय तह र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रले आवेदन लिइरहेको छ।

कृषि र भेटेरिनरीमा गरी झण्डै एक हजार युवाले आवेदन दिइसकेका छन्। मन्त्रालयले हालै जारी सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा बाख्रापालन, बंगुरपालन, फलफूल खेती, गाईभैँसीपालन, माछापालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पंछीपालन, नर्सरी तथा पुष्प व्यवसाय तथा अन्य गरी १० फरक कृषि क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य रहेको जनाएको छ।

यहाँको बेल्डाँडी गाउँपालिका–५ इमलिया ३३ बर्षीया बाबुराम गिरी पनि भारतमा आफू कार्यरत कम्पनी बन्द भएपछि घर फर्किएका छन्। 'भारतको पञ्जावमा कुखुरा फार्ममा नौ महिना काम गरेँ' केही समयअघि घर फर्किएका गिरीले भने, 'घरमा कमाउने ममात्रै हुँ अब महेन्द्रनगरतिर काम खोज्न जाने सोचमा छु।'

उनले भारत मजदुरीका लागि जानुअघि आफू जेसिबी चलाउने गरेको बताए। उनले भने, ' कोरोनाले भारतमा कम्पनी नै बन्द भएपछि घर फर्किनु परेको हो।' प्रदेश सरकार र स्थानीय तहहरुले पनि कोरोना प्रभावितहरुलाई स्वरोजगार बनाउने बताइरहेका बारेमा उनले आफूलाई केही थाहा नभएको बताए। उनले भने, 'सरकारले कार्यक्रमहरु दिइसकेका छैनन् तर आफूलाई यहाँ घर चलाउनै मुस्किल हुन लागिसक्यो।'

मुग्लान पस्नेहरु पनि तनावमै
कोरोना कहरका बेला बेरोजगार भएर घरमा बस्नेहरु जस्तै बाध्यताले मुग्लान पस्नेहरु पनि यहाँ तनावकैबीच घर छाडिरहेका छन्। कोरोना भाइरस सङ्क्रमणको चिन्ताले गत चैत वैशाखमा स्वदेश फर्किनेहरु अहिले कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाहरु दैनिक झोला गुन्टा बोकेर मजदुरी गर्न भारत गइरहेका छन्।

भारतमा दैनिक करिब एक लाखको सङ्ख्यामा सङ्क्रमित थपिनुका साथै दिनमा सयौँको यसै सङ्क्रमणबाट मृत्यु भइरहेको खबर आइरहेका बाध्य भएर नेपालीहरु मजदुरीका लागि भारत गइरहेको बताउँछन्। सुदूरपश्चिम प्रदेशको रोजगारीको प्रमुख गन्तव्य रहेको भारतबाट लकडाउन अवधिमा झण्डै डेढ लाख मानिस स्वदेश फर्किएको तथ्याङ्क छ। स्वदेशमा स्वरोजगारका लागि कुनै योजना नहुनुका साथै आफूहरुको परिवारमा रोगभन्दा पनि भोकले मर्ने अवस्था आएपछि भारत जानुको विकल्प नरहेको मुग्लान जानेहरुको भनाई छ।

लामो समय लकडाउन हुँदा बिहान बेलुका हातमुख जोर्न पनि समस्या हुन थालेपछि बाध्य भएर भारत जान लागेको भीमदत्तनगरपालिका–१३ का सन्त सुनारले बताए। 'सरकारले घरमै बसेर सुरक्षित रहनुस भन्छ तर हामीसँग छाक टार्ने अन्न नै छैन, अब के खाएर बाँच्नु?' लालाबालासहित गड्डाचौकीबाट भारत जान लागेका सुनारले भने, 'यतिखेर महामारी छ र हामी सर्वसाधारणहरुका लागि झन् ठूलो कष्ट छ, यस्तो समयमा जाने कि नजाने भन्ने दुविधा भए पनि आखिर जानैपर्ने हाम्रो बाध्यता हो।'

स्वरोजगारको व्यवस्था नभएकाले धेरै स्थानीयहरु विदेशिन बाध्य रहेको उनको भनाइ छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गौरीफन्टा र गड्डौकी नाकाबाट गरी दैनिकम ५ देखि ६ सय नेपाली भारत रोजगारीका लागि जान थालेको जनाएको छ।

'आधार कार्ड र रासन कार्ड भएका र भारतीय कम्पनीले पनि प्रक्रिया पुर्‍याएर नेपालीहरुलाई भारत लगिरहेको छ,' जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, 'पछिल्ला दिनहरुमा यी दुई नाकाबाट भारत जानेहरु बढिरहेका छन्।'

'भारत कोरोनाको चपेटमा राम्ररी परेको समचार त सुन्यौँ तर के गर्नु हामीलाई त्यतै जानुपर्ने पनि बाध्यता आइलाग्यो,' कृष्णपुर नगरपालिका–२ का बेलुराम चौधरीले दुखेसो पोख्दै भने, 'रोगले भन्दा भोकले मर्ने स्थिति आउनुभन्दा जेसुकै पर्ला भनेर मजदुरीका लागि हिडेको हुँ।'

उनले लकडाउनमा परिवार पाल्न निकै नै समस्या भएकाले भारत जान लागेको बताए। 'चैतमा कोरोना त्रासले घरबाट फोन गरेर बोलाएर आइहालेँ,' उनले भने, 'भारतमा मजदुरी गरेन भने परिवार पाल्नै मुस्किल पर्छ।'

सुदूरपश्चिम प्रदेश सरकारले ९ हजार जनालाई स्वरोजगार तथा रोजगारी दिने योजना बनाए पनि भारत जाने क्रम चलिरहेकै छ। यही क्रममा गड्डाचौकी नाका हुँदै भारत गइरहेका भीमदत्तनगरपालिका–१३ का इन्द्र सुनारले पनि आफू बाध्यताले परिवारसहित भारत जान लागेको उल्लेख गरे। 'धेरै समय महाकाली नदीमा बालुवा छानेर पनि परिवारको खर्च चलाएँ,' सुनारले भने, 'पाँच वर्षदेखि भारत गएर मजदुरी गर्दैछु।' उनले पनि स्वदेशमा रोजगारीका अवसर नहुँदा विपद्‍का बेला पनि मुलुक छोडुन परेकोमा दुःख व्यक्त गरे। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले महिना दिनयता मजदुरका लागि गड्डाचौकी र गौरीफन्टा नाकाबाट भारत जाने क्रम चलिरहेको बताए। 'दुवै नाकाबाट गरेर दैनिक ५ देखि ६ सय नेपालीहरु भारत जाँदैछन्,' उनले भने, 'उनीहरु यस्तो अवस्थामा पनि किन जान लागेको भन्दा मजदुरी गर्नकै लागि जान लागेको भन्नेहरु नै अधिकांश छन्।' 

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली आइतबार, भदौ ७, २०८३
जेन जेड शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ आइतबार, भदौ ७, २०८३
हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी आइतबार, भदौ ७, २०८३
सत्ता बनाउने–ढलाउने खेलमै अल्झिँदा पार्टीले मूल्य चुकायो : प्रचण्ड आइतबार, भदौ ७, २०८३
चुनदेवीमा फेरि देखिए देउवा, कांग्रेस एकताको संवादमा जोड आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्