• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रधानमन्त्रीमा अहंकार र अज्ञानताको डरलाग्दो कक्टेल छ : डा बाबुराम भट्टराई [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, असोज २, २०७७  १४:२७
1140x725

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई सुझाव दिइरहन्छन्। तर पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना गर्ने पूर्व प्रधानमन्त्रीको नाममा उनको नाम अग्रस्थानमा आउँछ। तर सरकारमा भने रचनात्मक सुझाव पनि ग्रहण गर्ने प्रवृत्ति छैन। 

विगतका धेरै आन्दोलन र अभियानको विरुद्धमा उभिएको व्यक्तिले सरकार चलाएकाले परिवर्तनको आशा गर्न नसकिने उनले बताउन थालेका छन्। पूर्व प्रधानमन्त्री भट्टराईले समसामयिक राजनीतिबारे संक्षिप्त कुराकानी गरेका छन्। 

हामी कोरोनाको कहरमा छौं। तपाई एकपटक सरकारको नेतृत्वमा बसेर काम गरिसक्नुभएको मान्छे। अहिले कोरोना र सरकार कसरी हिडिरहेका छन्? तपाईंको विश्लेषण के छ?
कोरोना तपाई/हाम्रो जीवनकालको सबैभन्दा ठूलो त्रासदीको रुपमा आएको प्रष्टै  छ। यस्तो बेलामा यो प्राकृतिक कारणले आउने हो र यसको पछाडि जीवविज्ञान र भौतिक विज्ञानको खास नियमले काम गरेका हुन्छन् भन्ने कुरालाई बुझेर त्यस अनुरुपको नीति बनाउनुपर्थ्यो। यसको असर सामाजिक र आर्थिक क्षेत्रमा पर्छ भन्ने बुझेर राज्यले सुरुदेखि नीति अपनाउनुपर्थ्यो। तर दुर्भाथ्य हाम्रो राजनीतिक नेतृत्व खासगरी प्रधानमन्त्रीमा जुन प्रकारको अहंकार र अज्ञानताको डरलाग्दो कक्टेल म देख्छु त्यसले गर्दा उहाँले यसको गम्भीरतालाई बुझ्न सक्नुभएको छैन्। उहाँले आफ्नो महानता, बडोपन देखाउनलाई नचाहेको जस्तो गरेर अन्यत्र मोडिदिनुहुन्छ। त्यो कारणले गर्दा सुरुदेखि नै ठिक नीति बनेन।

यो केही पनि होइन हाच्छिुउँ गरेर जान्छ भन्ने ढंगले भन्नुको अर्थ के थियो भने यसको खास तयारी गर्नु पनि आवश्यक छैन। मैले केही पनि नगर्नु स्वभाविक हो मैले बुझेरै गरिराखेको छु भनेजस्तो उहाँले गर्नुभयो। जबकी त्यस्तै अमुर्ख शासकहरुले विभिन्न अरु देशमा पनि गरिराखेका छन्। त्यो कारणले गर्दा सुरुदेखि नै बिग्रिइहाल्यो। अरुको देखासिकी गरेर बन्दाबन्दी गर्नेसम्मको उहाँले गर्नुभयो।

लकडाउन भनेको त समाधान त होइन। त्यो त तयारीको निम्ति थियो वास्तवमा जनतालाई सतर्क बनाउने र राज्यले त्यो किसिमको आवश्यक तयारी गर्ने जस्तै परीक्षणका तयारी, कन्ट्याक्ट ट्रेसिङका तयारी, र सुरक्षित ढंगले चिकित्सा क्षेत्रमा कार्य गर्ने मान्छेहरुको तयारी गर्ने कुरा, क्वारेन्टाइन र आइसोलेसनको उचित व्यवस्थापन गर्ने कुराहरु र स्वास्थ्यसम्बन्धी उपकरणहरुको व्यवस्था गर्ने कुराहरु र संघ, प्रदेश र स्थानीय तहहरुमा उचित कार्य विभाजन गरेर त्यसको व्यापक तयारी गर्ने जुन विषय हुनुपर्थ्यो र सँगसँगै ठूलो जनसंख्या भारत र मध्यपूर्ण र मलेसिया तिर छन र उनीहरु पनि त्यहाँबाट आउन सक्छन् र उनीहरु आउँदा रोगको र आर्थिक समस्या पर्न सक्छ भन्ने बुझेर योजना बनाउनुपर्थ्यो सरकारले योजना नै बनाएन। 

त्यसैगरी जुनप्रकारको बजेट आयो पहिले त सुरुमा नै विभिन्न देशले बजेट भन्दा अगाडि नै यस्तो संकट आएपछि छुट्टै योजनाहरु ल्याउँथे तर उहाँले त्यो पनि ल्याउनुभएन। बजेटमा आउँछ कि भनेर मानिसहरु बसे त्यो पनि आएन। त्यसपछि पनि उहाँहरु त्यत्तिकै जानुभयो। यो मुख्य राजनीतिक नेतृत्वकै कारणले हो र त्यसमा पनि मुख्य प्रधानमन्त्रीको असक्षमता, अहंकार ले नै हो भन्ने मलाई लाग्छ। 

त्यसो भए अहिलेको समाज विज्ञान कोरोनाको कारणले गर्दा कतातिर जाँदैछ? कोही बोल्न सकिरहेको छैन तर अवस्था बिग्रिसक्यो भन्छन्। यसमा तपाईंको विश्लेषण के छ?
हाम्रो मनोविज्ञान कस्तो भयो भने सुरु देखि नै कोही मान्छेले क्रान्ति, परिवर्तनले गर्दा बिग्रियो भन्छन् मैले निरन्तर भन्छु मैले हिजो मात्रै पनि ट्विट गरेको छु तपाई हेर्नसक्नुहुन्छ क्रान्तिले बिगारेको होइन, क्रान्ति अपुरोगरी बिग्रेको हो। क्रान्ति भनेको त संरचनात्मक जुन परिवर्तन हो आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक राज्य व्यवस्थाको समग्र जुन परिवर्तन आउनुपर्थ्यो त्यो हाम्रो पुरा भएको थिएन्। त्यो कारणले गर्दा निजी क्षेत्रपनि, राजनीतिक दलहरुपनि र सरकार र विभिन्न अंगहरु सबै राज्यको दोहन गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने यो अहिलेको नेपाली समाजको अवस्था छ त्यसैलाई नै एउटा क्रोनिक क्यापिटलिजम भन्ने पनि त्यसै अर्थमा हो। 

त्यो कारणले गर्दा प्रधानमन्त्री बेठिक हुनुभएको छ, उहाँले गलत गरिराख्नुभएको भन्ने मान्छेलाई थाहा छ। तर मान्छे किन डराउँछ ? विपक्षि दल किन बोलिराखेको छैन ? र अरुदलहरु बाहिरका मान्छे कनि बोल्दैनन ? ती पार्टी भित्र पनि असन्तुष्टि भएकाहरु किन बोलदैनन ? भने राज्य सत्ताको अलिकति आड भएन भने टिक्नै गाह्रो, पार्टी चलाउन पनि गाह्रो, आफ्नो आर्थिक व्यवस्थापन गर्न पनि गाह्रो र जुन खालको हाम्रो समाज अलिकति शक्ति पूजक छ शक्तिबाट अलिकति टाढा गयो भने मान्छेले गन्दैन भने हामी जस्तो एकाद मान्छेहरु त एउटा विद्रोही चेतको कारणले गर्दा बोल्छौं तर धेरै मान्छेमा त्यो आँट छैन्। त्यो कारणले गर्दा यो गल्ति भइराखेको छ भनेर बुझ्दा बुझ्दैपनि मान्छेले बोल्न सकिराखेका छैनन, यसको प्रतिरोध हुनसकेको छैन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आखिर केही युवाहरुले केही पढेलेखेका मान्छेहरुले ‘इनफ इज इनफ’ भनेर अलिकति गर्न खोज्छन सर्फेसियल्ली उनीहरुले गरेका छन तर त्यसको संरचनात्मक जरो नै उखेलेर उधिन्ने ढंगले जाने चेतना फेरी उनीहरुको छैन। त्यो त राजनीतिक नेतृत्वले गर्ने हो, विपक्षी दलहरुले गर्ने हो, वैकल्पिक शक्ति बनाउने राजनीतिक दलहरुले गर्ने हो। नागरिक समाज जनु हामी भन्छौं पब्लिक इन्टलेक्च्युअल त्यो ले गर्ने हो। तर हामी सबै राजनीतिक सत्ताबाट नै केही न केही प्राप्त गरेर गुजरा गर्ने वर्ग भएको हुनाले यो समस्यालाई उधिन्न नसकेको र मुख्य जरो त्यहाँ हो। सरकारले गल्ति गरेको छ नै त्यसको प्रतिरोध गर्ने शक्तिपनि अगाडि आएन। यही कारणले गर्दा आएन। 

आर्थिक अवस्थाका बारेमा भर्खरै निवर्तमान अर्थमन्त्री बाहेक कसैले बोलेनन्। हामी कस्तो अवस्थामा छौं, ठिक छौं या जर्जर भइसकेका छौं या सत्ताले जस्तो चाह्यो त्यस्तो देखिराखेका छौं। कस्तो अर्थव्यवस्था देख्नुहुन्छ? 
अर्थतन्त्रका हिसाबले गम्भिर छ। सुरु देखि नै प्रक्षेपणहरु फरक फरक आइराखेका छन्। तैपनि नेपालको अर्थतन्त्र ठूलै संख्यामा १३ प्रतिशतले खुम्चिन्छ भनेर त्यसरी आएको हो। पछि सरकारको तथ्याङ्कले झण्डै २ दशमलव २८ ले खुम्चियो भनेर भन्यो। त्यसरी हेर्दा मलाई के लाग्छ भने त्यो भन्दा बढी खुम्चिएको छ। तर कम देखिएको कारण के हो भने एउटा हाम्रो जुन निर्वाहमुखी कृषि छ गाउँमा फर्केर बस्दा मान्छेको गुजरा चलेको छ, दोस्रो जुन रेमिट्यान्समा काम गर्न जाने जुन मान्छे हुन हाम्रा खासगरी मलेसिया, खाडी मुलुक तिर जाने मान्छे र भारत तिर जाने मान्छेहरु जो अनौपचारिक क्षेत्रमा काम गर्छन र उनीहरु घरायसी श्रमिकको रुपमा काम गर्छन्।

ठूलाठूला उद्योग धन्दा बन्द भएका हुन तर त्यहाँ घरायसी श्रमिकहरुको त माग छ त्यो कारणले गर्दा जति संख्यामा उनीहरु विस्तारै घर फर्किन्छन भन्ने जुन आँकलन थियो त्यो त्यति फर्किएन र रेमिट्यान्समा पनि केही कमि त आयो तर ह्वात्तै कमि आउँछ भन्ने थियो त्यति आएन। त्यो कारणले गर्दा जेनतेन धानिएको हो। तर त्यो समाधान त होइन। यो त गुजारामुखि अर्थतन्त्र भयो। तर गुजाराले मात्रै देश त चल्दैन। त्यसैले अर्थतन्त्र गम्भिर अवस्थामै छ। 

अब हाम्रा पर्यटनदेखि लिएर साना मध्यम उद्योगहरु र ठूलो मात्रामा कम भनेपनि ६० प्रतिशत गतिविधि घटेको छ भनेर आधिकारीक तथ्याङ्कले भनेको छ। त्यो हिसाबले गर्दा अर्थतन्त्र खुुम्चिएको छ। बेरोजगारी दर बढेर गएको छ र आगामी दिनमा यसको असर त झन बढ्दै जान्छ। विश्वव्यापी र क्षेत्रिय अर्थतन्त्रको र भारतीय अर्थतन्त्रको हाम्रोमा असर पर्छ किन भने भारतीय अर्थतन्त्र नै २३÷२४ प्रतिशतले खुम्चिएको त्यो भन्दा बढी खुम्चिएको ठूला अर्थतन्त्र मध्ये भनिदै आइराखेको छ। यो सब कारणले गर्दा आगामी दिनमा हामी गम्भिर अवस्थामा पुग्छौं। 

त्यसो भए अर्थ व्यवस्था जर्जर छ। सरकारको विरुद्ध कोही बोल्न सक्दैन। यो के हो भन्ने पनि थाहा छैन। प्रतिपक्षले पनि आफ्नो भूमिका अगाडि देखाउन सकेको छैन। अब कस्तो नेपाल देख्ने हामीले? अब कहाँ पुग्ने? 
म त अलि आशावादि मान्छे, अनि अलिकति क्रान्तिकारी ढंगले सोच्ने मान्छे। मेरो दृष्टिले के देखिराखेको छ भने क्रान्तिको प्रवाह छलमय ढंगले अगाडि जान्छ माथि आउँदै तल आउँदै जान्छ। अहिले विश्वयापी रुपमा नै एउटा जुन खालको पूँजीवादी अर्थतन्त्रको संकट छ त्यो कुरा असमानताको कारणले गर्दा मागहरु खुम्चदै छ र चीन लगायतका केही ठाउँहरु जुन पछिल्लो विकसित छन ती बाहेकका अरु सबै अर्थतन्त्र भारत सम्म पनि ठूलो संकटतिर जाँदैछ। त्यसैले जब संकट आउँछ त्यतिबेला शासक वर्गले के गर्छ भने ध्यान अन्यत्र मोडनलाई राष्ट्रवादका कुरा गरेर अत्यन्त लोकपृयता संकिर्ण राष्ट्रवादका कुरा गरेर जनताको ध्यान अन्त मोडन सक्छ। किनभने दोस्रो विश्वयुद्धको सुरुमा पहिलो विश्वयुद्धपछि इटली जर्मनीमा हिटलर मुसोलिनीहरुले पनि त्यसरी नै उग्र राष्ट्रवादको नारा देखाएर ध्यान अन्यत्र मोडन कोसिस गरेका थिए। 

अहिले अमेरिकाको राजधानी देखि लिएर बेलायत र भारत हुँदै नेपालसम्म हेर्नुभयो भने शासकहरुले अन्यत्र ध्यान मोडन खोजीराखेका छन। कहिले सिमानाका समस्यालाई ल्याएर कहिले अरु कुराहरु ल्याएर ध्यान अन्यत्र मोडने कोसिस गरेका छन। तर अन्तिम कुरा मान्छेको रोजगारी र पेट पाल्नुपर्ने कुरा आउँछ। जब त्यो असह्य हुन पुग्छ त्यतिवेला जनताले कुरा बुझ्छ र फेरी नयाँ खालको बिस्फोट आउँछ भन्ने म देख्छु। त्यसैले यो आँधी अगाडिको सन्नाटा हो जस्तो मलाई लाग्छ। छिटै नै अन्तर्राष्ट्रिय रुपमा पनि उथल पुथल ढंगले यो अगाडि जान्छ र हाम्रो क्षेत्रमा र नेपालमा चाहिं यो दिगो हुनै सक्दैन।

एउटा नयाँ ढंगले विद्रोह र विस्फोटक चित्र तयार हुन्छ। प्रश्न के हो भने त्यसलाई अग्रगामी सोच राख्ने ढंगले एउटा लोकतान्त्रीक र अग्रगामी सोच को विकलप दिन सक्यो भने त्यसले एउटा क्रान्तीकारी रुपान्तरण ल्याउँछ। तर राजनीतिक विकल्पले त्यस्तो अग्रगामी सोच दिन सकिनएन भने पस्चगमन तिर लिएर जाने खतरा पनि हुन्छ। मेरो विश्वास के छ भने र हालसालै ८ दश वर्ष मात्रै भएको छ एउटा क्रान्तिकारी वार भएर मत्तथर सेलाएको त्यसैले नेपाली जनता फेरी अलिबढी सचेत नै हुन्छ। यसले एउटा अग्रगमनकारी विकल्प दिन्छ जस्तो मलाई लाग्छ।

त्यसो भए रेट्रोफिटिङ गर्ने कि रिबिल्डिङ गर्ने या नयाँ संरचनामा जाने? अर्थात् सरकारलाई कहाँबाट सुधार गर्ने, अथवा सरकारको विकल्प खोज्नुपर्ने हो कि?
अब लोकतन्त्रको विकल्प त उन्नत लोकतन्त्र नै हो। अलोकतान्त्रीक र अन्यतिर त सोच्नै हुँदैन। अहिले भर्खरै संविधान बनेको पाँच वर्ष पुग्दैछ त्यसको समिक्षा पनि हुँदैगर्ला। दुर्भाग्य के भयो भने यो संविधानमा कमिकमजोरीका बाबजुत पनि धेरै सरकारात्मक कुरा यसमा छन्। तर यसको कार्यान्वयन गर्ने जिम्मा यो संविधानका आधारभुत अन्तरवस्तुहरु गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेसिता त्यसको विरोधी मान्छेको हातमा नेतृत्व गइदियो। केपी शर्मा ओली भनेको झापा आन्दोलनको बेला देखि नै, माओवादी जनयुद्ध र शान्ति प्रक्रिया सबैको विपक्षमा उभिएको मान्छे हो। मूल एजेन्डा भन्दा फरक ढंगले उभिएको मान्छे हो। तर प्रकारान्तरले क्षणिक राष्ट्रवादको नारा उहाँले लगाएर सत्तामा पुगिहाल्नुभयो। पार्टी ठूलो पनि भयो दुईतिहाईको झण्डै नजिक पनि रहयो भनेपछि यसलाई त अरु तरिकाले हटाउने ठाउँत छैन त्यही पार्टी भित्रैबाट नेतृत्व परिवर्तन गर्न यो भन्दा सुधारात्मक ढंगले परिवर्तन गर्न सक्नुपर्थ्यो। तर नेकपाले सकेन।

उहाँहरुको अलिकति अन्तरविरोध चल्दै थियो तर विविध कारणले गर्दा मैले अघि पनि भने की सत्ता कसैले गुमाउन चाहँदैन बाँडीचुडि गरेर खाने भन्ने तिर नै गइरहेको छ। त्यो कारणले गर्दाखेरी उहाँहरु फेरी केपी ओलीलाई नै आउँदो अढाई वर्ष नै दिने भन्ने निष्कर्षमा जुन पुग्नुभयो त्यसले गर्दा नेकपा भित्रैबाट अग्रगामि विकलप आउँछकी भन्ने जुन सोच थियो त्यो आएन। त्यो नआउँदाखेरी मैले के देखिरहेको छु भने झन ठूलो विस्फोट तिर लान्छ कि भन्ने मलाई लागेको छ। त्यसैले अव यसको विकल्प भनेको लोकतान्त्रीक शक्ति, अग्रगामि प्रवृतिको शक्ति तिनिहरुले नै सहकार्य गरेर यसको विकल्प दिने कोशिस गर्नुपर्छ। 

त्यो भनेको डेमोक्रयाटिक एलायन्स हो?
हो, डेमोक्रयाटिक पनि भयो र नेकपा भित्र पनि यही रुपको रहदैन भन्ने मलाई लाग्छ। किनकी त्यहाँ कमसेकम माओवादी आन्दोलनको पृष्ठभूमि भएका मान्छेहरु अलिकति अग्रगामि प्रकृतिका सोच राख्ने मान्छे हुन ती पनि बाध्यताले खुम्चिएर त्यहाँ बसिराखेका छन्। एमाले भित्रको पनि एउटा तप्का केपी ओलीको चरम निरंकुश र सबै ढंगले कुशासन युक्त जुन सत्ता छ त्यसबाट चाहिं वितृष्णा भएको तप्कापनि त्यहाँ देखिन्छ। नेपाली कांग्रेसपनि लोकतान्त्रिक पार्टी हो त्यहाँ कुनै निश्चित हात त छैन सबै खालको प्रवृति त्यहाँ छन तर त्यस भित्रका पनि अलिकति अग्रगामि प्रकृतिको सोच राख्ने शक्तिहरु आवाज उठाउन थाल्छन्।

नयाँ पढेलेखेको वर्गपनि आउँदैछ र हाम्रो सार्वजनिक बौद्धिकहरुको समुह हो जुन अहिलेको सोसियल मिडियाले पनि केही आपसमा नजिक ल्याउँछ। यी सबै जोडदा खेरी फेरी यो सरकारमाथि एउटा विकल्प दवाव चाहिं बन्छ र एउटा विकलप आउनसक्छ जस्तो मलाई लाग्छ। तर अहिले विकल्प दिने जुन सम्भावना थियो त्यो नेकपाले गुमायो। किन गुमायो त्यो उहाँहरुले नै जान्नुहुन्छ। मलाई लाग्छ यसले झन ठूलो संकट तिर लाँदैछ यो समाधान भएको छैन।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा
सम्बन्धित सामग्री
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती उनका अनुसार बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता देशमा पनि ठूलो विपद्का बेला सयौँ वा हजारौँ शवको पहिचान तत्काल सम्पन्न हुँदैन । त्यहाँ... आइतबार, भदौ १४, २०८३
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्